६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्थानीय निर्वाचन: प्रदेश नं १ मा उचित सुरक्षा प्रबन्ध

स्थानीय निर्वाचन: प्रदेश नं १ मा  उचित सुरक्षा प्रबन्ध
अ+ अ-

मोरङ I देशभर एकैपटक हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १मा शान्ति सुरक्षाको व्यवस्था गरिएको छ ।

मुलुकमा संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको विर्नाचन एकै चरणमा हुन लागेको हो । यसअघि दुई चरणमा गरिएको स्थानीय तह निर्वाचन यस पटक एकै चरणमा हुने भएकाले सरकारले शान्तिसुरक्षाको उचित प्रबन्ध गरेको बताइएको छ । निर्वाचनमा जनशक्ति कम हुन नदिन सरकारले म्यादी प्रहरीसमेत व्यवस्था पनि गरेको छ ।

निर्वाचनका बेला शान्ति सुरक्षाका निम्ति सुरक्षा निकायका प्रमुखसँग पटकपटक बैठक बसी छलफल गरिएको छ । सोही सन्दर्भमा गृहमन्त्री बालकृष्ण खाणले प्रदेश नं १ को राजधानी विराटनगरमा झापा, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरीका प्रमुखहरुसँग सुरक्षा सम्बन्धमा छलफल गरी सबै जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ । त्यसलगत्तै बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा नेपाल भारत सीमा सुरक्षा बैठकसम्पन्न भएको छ ।

उक्त बैठकमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अघि ७२ घण्टा सीमा बन्द, तस्करी नियन्त्रण र संयुक्तरुपमा सीमा गस्ती परिचालनका विषयमा छलफल भएको थियो । गृहमन्त्री खाणको प्रमुख आतिथ्यमा भएको सुरक्षा बैठकमा निर्वाचनमा कुनै पनि किसिमको आपराधिक घटना हुन नदिन, खुला सीमाका कारण नेपालमा हुनसक्ने आपराधिक घटना रोक्न, निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शीरुपमा सम्पन्न गर्न र शान्तिसुरक्षामा समस्या भए तत्काल निराकरण गर्न निर्देशन भएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनताका शान्ति सुरक्षाका लागि गर्नसक्ने सबै उपाय अपनाई नागरिकलाई पूर्ण शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

निर्वाचनलाई बढी जिम्मेवार एवं भयमुक्त बनाउन निर्वाचन कार्यालयबाट पनि निर्वाचन आचारसंहितामा कडाइ गर्न, खर्चमा मितव्ययिता अपनाउन र मत बदर हुन नदिन मतपत्रमा पनि सुधार गर्न उनीहरुले जोड दिएका थिए ।

यसैगरी मतदान केन्द्रका अधिकृतहरुबाट कुनै पनि लापर्बाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिन, मतपत्रको ठेली गन्तीमा घटबढ हुन नदिन, मत खसाल्न सहज वातावरण अपनाउनुपर्नेमा जोड दिइएको थियो ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मोरङमा सात लाख १० हजार हाराहारीमा मतदाता रहेका र उनीहरुमा मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन गरिने जानकारी दिनुभयो । प्रदेश नं १ को कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगर र दुई उपमहानगरसहितको पालिकामा कूल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडासदस्य निर्वाचित हुने भएका छन् ।

सम्बद्ध राजनीतिक दलका केन्द्रीय तथा जिल्लास्तरका नेतासमेतले आफ्ना स्थानीय तहका जनप्रतिनिधिलाई जिताउन घरदैलो कार्यक्रम र आमसभामा समेत सक्रियता देखाउन थालेका छन् । जनआवाज र भावनालाई प्रतिविम्बित गर्न आफूहरुले कुनै कसर बाँकी नराख्ने राजनीतिक दलले जनताका माझमा गएर बताइरहेका छन् । उम्मेदवार हुन चाहने कतिपय नेताले सम्बद्ध दलबाट स्विकृति नपाउँदा दल नै परिवर्तन गर्नेको लर्को पनि बढेको देखिन्छ ।

प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली ९सादा०, दस्तखत नमूना, नमूना मतलगायत सामग्री जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई पठाइसकेको छ । यस प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, १६ लाख ४५ हजार ५६१ महिला र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् ।

प्रदेशमा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ केन्द्र छन् कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो । प्रदेशअन्तर्गत ताप्लेजुङमा पुरुष ४७ हजार ५५ महिला ४२ हजार २५ गरी ८९ हजार ६८० मतदाताका लागि ७३ मतदानस्थल र १२२ मतदान केन्द्र, पाँचथरमा पुरुष ७३ हजार ५७८ महिला ६६ हजार ६४८ गरी एक लाख ४० हजार २२४ मतदाताका लागि १०१ मतदानस्थल र १७६ मतदान केन्द्र तोकिएको छ ।

इलाममा पुरुष एक लाख ५५ हजार ५५४ महिला एक लाख नौ हजार १९२, अन्य दुई गरी जम्मा दुई लाख २४ हजार ७४८ मतदाताका लागि १५१ मतदानस्थल र २८५ मतदान केन्द्र तोकिएका छन् ।

यस्तै झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाताका लागि २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र, सङ्खुवासभामा पुरुष ६० हजार ६७८, महिला ५७ हजार ५३ गरी जम्मा एक लाख १७ हजार ७३१ मतदाताका लागि १०३ मतदानस्थल र १६२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

तेह्रथुममा पुरुष ३६ हजार ९७३ महिला ३५ हजार ९२२ गरी ७२ हजार ८९५ मतदाताका लागि ५७ मतदानस्थल र ९५ मतदान केन्द्र र भोजपुरमा पुरुष ६५ हजार २२१, महिला ७० हजार ७०४ र अन्य एक गरी जम्मा एक लाख २५ हजार ९२६ मतदाताका लागि ८७ मतदानस्थल १६० मतनान केन्द्र तोकिएको छ । यस्तै धनकुटामा पुरुष ५७ हजार ७१६, महिला ५८ हजार २४८ गरी एक लाख १५ हजार ९६४ मतदाताका लागि ११८ मतदानस्थल र १५९ मतदान केन्द्र कायम भएको बताइएको छ ।

मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि ३०० मतदानस्थल र ८२०मतदान केन्द्र कायम गरिएको छ । सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदानस्थल र ५८१ मतदान केन्द्र निर्धारण गरिएकोे छ ।

सोलुखुम्बुमा ४१ हजार २६० पुरुष, ३८ हजार ७५९ महिला गरी जम्मा ८० हजार १९ जनाका लागि १२२ मतदानस्थल र १३४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । खोटाङमा ७५ हजार छ पुरुष र ६८ हजार ७४६ महिला गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ मदतान केन्द्र तोकिएको छ ।

ओखलढुङ्गामा ५९ हजार १६२ पुरुष ५७ हजार ९२२महिला र अन्य एक गरी एक लाख ७० हजार ८५ मतदाताका लागि ७९ मतदानस्थल र १५० केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

यसैगरी उदयपुरमा एक लाख १२ हजार ८८५ पुरुष एक लाख १० हजार २५१ महिला र अन्य दुई गरी दुई लाख २३ हजार ३८ जनाका लागि ९८ मतदानस्थल र २५८ मतदान केन्द्र प्रयोग गरिएको छ । प्रदेशमामा सबैभन्दा ज्यादा मतदाता मोरङ जिल्लामा सात लाख १५ हजार २२३ रहेको छ भने सबैभन्दा कम तेह्रथुममा ७२ हजार ८९५ रहेको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो ।

एकमात्र महानगरपालिका रहेको प्रदेशको विराटनगर महानगरपालिमा पुरुष ७० हजार ५२४, महिला ६२ हजार ७१८ गरी एक लाख लाख ३३ हजार १४२ मतदाताका लागि २९ मतदानस्थल र १४० मतदान केन्द तोकिएको छ । मोरङ जिल्लामा एक लाख ४० हजार नयाँ मतदाता थपिएकामा पुरुष ७१ हजार ९५४, महिला ६८ हजार ७६४ र अन्य छ छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनभन्दा यस वर्ष उक्त महानगरमा पुरुष नौ हजार ९९८ र महिला नौ हजार ३९३ गरी १९ हजार ३९१ मतदाता थप भएको छ ।

निर्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निष्पक्ष, मितव्ययिता एवं धाँधलीरहित सम्पन्न गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुले मतदानस्थल र मतदान केन्द्रको अनुगमन एवं निरीक्षण गरी मतगणनास्थलको उचित व्यवस्थापन एवं सुरक्षामा विशेष ध्यान दिन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी दाहालले निर्वाचनका दिन मतदान केन्द्र र मतदानस्थललाई भयरहित एवं सुरक्षाका लागि तीन घेरामा जनपद तथा सशस्त्र प्रहरी र नेपाली सेना रहने व्यवस्था गरिएको र कुनै अप्रिय घटना हुने सम्भावना भएमा आधा घण्टाभित्र थप सेनासहित सुरक्षा निकाय पुग्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।

निर्वाचनका लागि गरिएको तयारीबाट शान्तिसुरक्षा प्रतिआमनागरिक, राजनीतिक दल, मानवअधिकारवादी र सञ्चारकर्मी पनि विश्वस्त देखिएका बताइएको छ । मोहम्मद सदरुल /रासस