३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउन सरकारलाई लेखी पठाउने निर्णय



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाएको छ ।

आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

तोकिएको क्षेत्रमा मादक पदार्थ निषेध

यसैगरी स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने पनि आयोगले निर्णय गरेको छ ।