२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा



अ+ अ-

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आउनुभएका विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आउनुभएको छ ।

उहाँलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रसंशकहरुले स्वागत गर्नुभयो । कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नाका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आउनुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा–१३स्थित मियाँपाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । दुईदिने पोखरा बसाइका क्रममा उहाँले यहाँका पर्यटकीय गन्तव्यहरु फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ । विश्व चर्चित अभिनेताको आगमनले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टर्की र मथ्यपूर्वी देशका पर्यटकहरु हिमाल आरोहणलगायत साहसिक गतिविधिका लागि आउने गरेका छन् । पछिल्लो समय कोरोनापछि यहाँको पर्यटन उकालो लाग्दै आएकोे अवस्थामा चर्चित कलाकारको आगमनले यसको प्रवद्र्धनमा थप मद्दत पुग्ने विश्वास लिएका छौँ ।”टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिफिल्म ‘अर्तुग्रुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गर्नुभएको छ । सोही चलचित्रमार्फत उहाँ विश्वभर चर्चित हुनुभएको हो । सो चलचित्र विश्वका धेरै भाषामा अनुवाद गरिएको छ । रासस