५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

एमाले उम्मेदवारको घरदैलोमा पूर्वमन्त्री बुद्धीराज बज्राचार्य

एमाले उम्मेदवारको घरदैलोमा पूर्वमन्त्री बुद्धीराज बज्राचार्य
अ+ अ-

ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको बागडोर सम्हाल्नुभएका बुद्धीराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगगरपालिका उम्मेदवारसँग घरदैलो अभियानमा सहभागि हुनुभएको छ ।

८६ वर्षे बज्रचार्य बिहानैदेखि ललितपुर महानगरपालिकाको २० नम्बर वडाका विभिन्न टोलमा मत माग्दै हिँड्नुभएको थियो ।

मेयरका उम्मेदवार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य, वडाका अध्यक्षका उम्मेदवार इन्द्रमुनी बज्राचार्य र वडा सदस्यका उम्मेदवार सहित आज बिहान घरदैलो अभियानमा लाग्नुभएको थियो ।

५ वर्ष सम्म वडाअध्यक्ष र त्यसपछि मेयरको जिम्मेवारी सम्हाल्नुभएका बज्राचार्यले एमालेलाई सहयोग गर्न घरदैलो अभियानमा सहभागि हुनुभएको हो । पुर्वमन्त्री बज्राचार्यले ललितपुर महानगरपालिकालाई सांस्कृतिक महानगर बनाउन एमालेको विजयी आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘मैले हाम्रो भन्दापनि राम्रो उम्मेदवार जिताउन अभियानमा सहभागि भएको हुँ ।’ उहाँ वडा नम्बर २० का स्थायीवासी हुनुहुन्छ । उहाँले पद्मावती महाविहारमा आयोजित घरदैलो अभियानमा उहाँले आफ्नो साथ र समर्थन एमालेका उम्मेदवारसँग रहेको बताउनुभयो ।

मेयरका उम्मेदवार ब्यञ्न्जनकारले ललितपुर महानगरपालिकालाई यो स्थानमा ल्याउन पुर्वमन्त्री एवं दुई दशक लामो मेयरपद सम्हाल्नुभएका समाजसेवी बज्राचार्यको महत्वपुर्ण योगदान रहेको बताउनुभयो ।

हाल उहाँ ललितपुर विकासको लागि समाजका अध्यक्ष हुनुहन्छ । उहाको संस्थाको सहयोगमा महानगरभित्र करिब एक दर्जन बढी बिहार र सम्पदाको पुननिर्माण सम्पन्न भइसकेको छ ।

उपमेयरका उम्मेदवार मञ्जली शाक्यले उहाको साथ,सहयोग र हौसलाले निर्वाचनमा जित हासिल गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘उहाँकै कारण ललितपुर महानगरको विकास भएको हो,विश्वभरबाट परिचित पुर्वमन्त्री बज्राचार्यकै कारण ललितपुरलाई विश्वको नजरमा सम्पदाको शहर बनाउन मुख्य भुमिका रहेको छ ।’

वडा अध्यक्षका उम्मेदवार इन्द्रमुनी बज्राचार्यले पुर्वमन्त्री बज्राचार्य कारण समग्र ललितपुरका विकास सम्भव भएको तर्क राख्नुभयो । उहाँकै प्रेरणा र महानिर्देशनबाट हामीले यो निर्वाचनमा विजयी हासिल गर्नेछौ–अध्यक्ष बज्राचार्यको भनाई छ । सो अवसरका पुर्वमन्त्री बज्रचार्यले मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यलाई शुभकामना दिनुभएको थियो ।