२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (फोटो फिचर/भिडियो)



अ+ अ-

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) आज हर्षोल्लासका साथ धुमधामले बनाएका छन् । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको थियो । प्रार्थना सकेपछि एकापसमा अङ्कमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो ।

आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन रहेको नेपाल मुस्लिम संघका सस्थापक अध्यक्ष एबं नेपाली कांग्रसका केन्द्रीय सदस्य अव्दुल सत्तारले जानकारी दिनुभयो ।

उहाँका अनुसार रमजान सकिएको खुसीयालीमा इदगाहमा जम्मा भएर सामूहिकरूपमा प्रार्थना गरी एकापसमा शुभकामना साटासाट गर्नेसमेत प्रचलन छ ।

‘इद उल फित्र’ इदका अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाइ, जर्दा पुलाउजस्ता विशेष पकवान पकाई आफू खाने र आफन्तका घरमा पठाउने प्रचलनसमेत रहेका कारणले यसलाई मिठी इद पनि भन्ने गरिन्छ ।

रोजा सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा गरिब तथा विपन्नलाई आर्थिक सहयोगलगायत अन्य दान दिने चलन रहेको छ ।