१४ आश्विन २०८१, सोमबार
,
Latest
आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदी लुम्बिनी आउँदै, काठमाडौँ आउने कार्यक्रम के छ ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते लुम्बिनी आउँदै छन् । आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसरमा उहाँ लुम्बिनी आउन लाग्नुभएको हो । उहाँको यो नेपाल भ्रमणका क्रममा काठमाडौँ आउने कार्यक्रम भने तय नभएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी १६ मे (२ जेठ) भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले हिजोको संस्कारणमा जनाएको थियो ।

स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा सहभागी हुन आउन लागेका हुन् । त्यस कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनेछन् ।

त्यस कार्यक्रममा नै प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको बताइएको छ । आफू भारत भ्रमणमा गएका बेला करिब एक महिना अघि मात्रै देउवाले मोदीलाई आमन्त्रण गरेका थिए ।

नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन् । स्रोतका अनुसार देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी ओर्लिने छन् ।

मोदी काठमाडौँ आउने कार्यक्रम भने नरहेको परराष्ट्र स्रोतले जनाएको छ । तर उहाँ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चयन भएपछि नेपाल भ्रमणमा नआएकाले काठमाडौँसम्म ल्याउन सकिन्छ कि भन्ने प्रयासमा नेपाल सरकार लागेको स्रोतले जनाएको छ ।