५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

मोदी लुम्बिनी आउँदै, काठमाडौँ आउने कार्यक्रम के छ ?

मोदी लुम्बिनी आउँदै, काठमाडौँ आउने कार्यक्रम के छ ?
फाईल फोटो
अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते लुम्बिनी आउँदै छन् । आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसरमा उहाँ लुम्बिनी आउन लाग्नुभएको हो । उहाँको यो नेपाल भ्रमणका क्रममा काठमाडौँ आउने कार्यक्रम भने तय नभएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी १६ मे (२ जेठ) भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले हिजोको संस्कारणमा जनाएको थियो ।

स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा सहभागी हुन आउन लागेका हुन् । त्यस कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनेछन् ।

त्यस कार्यक्रममा नै प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको बताइएको छ । आफू भारत भ्रमणमा गएका बेला करिब एक महिना अघि मात्रै देउवाले मोदीलाई आमन्त्रण गरेका थिए ।

नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन् । स्रोतका अनुसार देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी ओर्लिने छन् ।

मोदी काठमाडौँ आउने कार्यक्रम भने नरहेको परराष्ट्र स्रोतले जनाएको छ । तर उहाँ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चयन भएपछि नेपाल भ्रमणमा नआएकाले काठमाडौँसम्म ल्याउन सकिन्छ कि भन्ने प्रयासमा नेपाल सरकार लागेको स्रोतले जनाएको छ ।