५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ: सभामुख सापकोटा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ:  सभामुख सापकोटा
अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दे सभामुख सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै समग्र प्रेस जगतले राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले निर्वाह गरिरहेको भूमिकाको सुक्ष्म निगरानी र खबरदारी गर्दै आएको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा सापकोटाले जसका कारण राज्यका तीनवटै अंगलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आम नागरिकलाई सत्य अन्वेषण गर्न मद्दत पुगिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाली सञ्चार जगत संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा समेत गरेको जनाउनु भएको छ ।

सभामुख सापकोटाले संघीय संसदको नेतृत्वका हिसाबले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं साथमा रहेको विश्वास दिलाउन चाहन्छु भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसले सञ्चार आबद्ध सबैमा उर्जा, हौसला र उत्प्रेरणा मिलोस भन्ने कामना समेत व्यक्त गर्नुभएको छ ।