५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित – निर्वाचन आयोग

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित – निर्वाचन आयोग
अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ ।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताउनुभएको हो । त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि उहाँले जानकारी दिनुभयो ।

आयोगले नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उलंघन गरेकाले सम्बन्धित दललाई सचेत गराएको र आगामी दिनमा आचारसंहिता विपरितका काम नगर्न निर्देशन दिएको छ । त्यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य शशांक कोइरालाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्तिप्रति जवाफ माग गरिएको र आगामी दिनमा यस्तो अभिव्यक्ति नदिन सचेत गराएको छ । सहायक प्रवक्ता अर्यालले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति सचेत गराइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगले चित्त बुझ्दो जवाफ माग गरेको र जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दलहरुलाई सचेत गराएको छ । यि दलहरुले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन २०७३ को दफा २२ विपरित कार्य गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न, नगराउन आयोगले निर्देशन दिदैँ सचेत गराएको छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार शशांक कोइरालाले निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ आयोगमा रहेको अभिलेखबाट देखिएकोमा माननीय शशांक कोइरालाले उक्त निर्वाचनमा आफुले ६ करोड रुपैयाँ खर्च गरेको भनि दिनुभएको अभिव्यक्ति विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित भई आयोगलाई जानकारी हुन आएपछि उहाँसँग आयोगले चित्तबुझ्दो जवाफ माग गरेको थियो । माननीय शशांक कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मुल आधारमाथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्वद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरको छ । निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिनुभएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयन प्रति सचेत गराएको छ ।’

आयोगले काठमाडौं महानगरपालिकामा नेकपा(एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले बैशाख १५ गते धुम्बाराहीस्थित नेशनल मेडिकल कलेजमा आयोजना भएको छलफलमा आचारसंहिता विपरितको अभिव्यक्ति दिएकाले सो विषयमा आधार र कारणसहित २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन पनि दिएको छ । आयोगको निर्णय बारे सहायक प्रवक्ता अर्यालले भन्नुभयो – ‘नेकपा(एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहनुभएका केशव स्थापितले मिति २०७९ बैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरको छलफल कार्यक्रममा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन आचारसंहिता २०७८को दफा ४ को सबैले पालना गर्नुपर्ने आचरणको खण्ड च,ठ र ढ साथै आचारसंहिताको दफा १२ को जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड द अनुकुल नभएकोले सो विषयमा आधार, कारणसहित २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोग निर्देश गर्दछ ।’

साथै सो कार्यक्रमका सन्दर्भमा के, कसो भएको हो विस्तृत लेखि पठाउन आयोगले नेशनल मेडिकल कलेजलाई पनि आग्रह गरेको छ भने स्थापित विरुद्ध विज्ञप्ती निकाल्ने महिला पुर्नस्थापना केन्द्र ओरेकलाई पनि सो विज्ञप्ति हटाएको प्रमाणसहित २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोगले निर्देशन दिएको छ । त्यस्तै आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भिर असर पर्ने भन्दै यस्तो अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।