१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भेलामा केवल टेलिभिजन व्यवसायीहरु, भन्छन्- सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धरापमा



अ+ अ-

काठमाडौं । केवल टेलिभिजन व्यवसायीहरुले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरुले सरकारले आफ्ना मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

व्यवसायीहरुले व्यवसायी मैंत्री र उपभोक्ता मैंत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरुसँग छलफल नै नगरी बिरोध आउने किसिमका नीति ल्याएको बताए । उनीहरुले पोलसम्बन्धी भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए । राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरुलाई काम नगर् भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको आँैल्याएका छन् ।

विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरुले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रशारण नहुने बताए । कार्यक्रममा अन्य व्यवसायीहरुले कुलमान घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि उहाँमा दम्भ बढेको बताएका छन् ।

व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरुलाई मारमा पर्ने गरेर नीति ल्याएको बताए । सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरुले सबैको हीत हुनेगरी नीति निर्माण गर्न सुझाएका छन् ।

विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन् । केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरु उपस्थित भएका छन् । उनीहरुले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धराप हुन लागेको भन्दै आफूहरु बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन् ।