१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन स्थलको अवलोकन गर्न गोदावरी पुगे अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा छ । 

एमालेले १५–१७ असोजमा ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्दैछ । 

यसैबीच पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलको अवलोकन गर्न बुधबार दिउँसो सम्मेलन केन्द्र पुगेका छन् । 

महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको छ । 

सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् र बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिने एमालेले जनाएको छ ।