काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा बैठक पर्सि शुक्रवार बस्न लागेको हो ।
‘देशभरिका सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔं’ भन्ने मूल नाराका साथ थापागाउँस्थित आर्यन पार्टी प्यालेसमा बैठक शुक्रबार बिहान ११ बजे बस्ने अखिलले जानकारी दिएको छ ।