१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर



अ+ अ-

काठमाडौं । वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले ट्राफिक प्रहरीलाई स्कुटर सहयोग गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज आयोजित कार्यक्रममा लिमिटेडका कार्यकारी निर्देशक मनोज अग्रवालले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्या समाधानमा स्कुटरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वातावरणमैत्री स्कुटरले ध्वनि प्रदूषण तथा वातावरण प्रदूषणमा समेत योगदान पुग्ने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने बताउनुभयो । उहाँले स्कुटरले थप प्रभावकारीरुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । कार्यक्रममा महाशाखाका ट्राफिक प्रहरी तथा वल्र्डलिङ्कका पदाधिकारीको सहभागिता रहेको थियो ।