२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकताविहीनको प्रश्नः हामी किन जनगणनामा सहभागी हुने ? (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नागरिकताविहीनहरुले  राष्ट्रिय जनगणनामा सहभागी किन हुने  भन्दै सरकारलाई प्रश्न गरेका छन् । नागरिकताविहीन नेपालीहरुका संयोजक  ईञ्जिनियर इन्द्रजित साफीले न्युजपोलारसंग भन्नुभयो, 'राज्यले नागरिकको पहिचान नै दिएको छैन, किन जनगणनामा सहभागी हुने ? ' उहाँले भन्नुभयो, 'राज्यले बहिष्कार गरेको छ, दोस्राे दर्जाको नागरिकको व्यवहार गरेको छ, शरणार्थी जस्तो भएका छौं । त्यसैले किन जनगणनामा सहभागी हुने ?'

साफीले सरकारले, राजनीतिक दलहरुले हाम्रो समस्या सुनेर पनि नसुने जस्तो, देखेर पनि नदेखे जस्तो गरेका कारण सरकारको ध्यानfकर्षण गराउन  जनगणना बहिष्कार गर्न लागेको बताउनु भयो । नागरिकताविहीनहरुले केही समय अघि आफूहरुको अभिभावक भएर समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र समेत लेखेका  थिए । यसै गरी विभिन्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा पनि पत्र पठाएका थिए ।

नागरिकताविहीनको पत्र राष्ट्रपतिलाई, हामी कहिलेसम्म अनागरिक भएर बस्ने ?

 उनीहरुले  नेपालको संविधान २०७२ को भाग २ धारा १० को उपधारा १ अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता  प्राप्त  गर्ने हकबाट बन्चित गरिने छैन भन्ने स्पष्ट व्यवस्था गरेपनि आफूहरु नागरिकताविहीन भएर बस्नु परेको पीडा व्यक्त गरेका थिए ।  

नागरिकता पाउनु पर्ने माग गर्दै नागरिकताविहीनहरुले नवलपरासी प्रजिअलाई ज्ञापनपत्र बुझाए

पत्रमा उनीहरुले संविधानको भाग २ को धारा ११ को उपधारा ३ अनुसार यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त  गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निज वालिग  भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ भन्ने कुराको पनि स्मरण गराएका छन् ।

नागरिकताविहीन नेपालीहरुले लेखेको पत्रमा संविधानको धारा ११ को उपधारा ५ अनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भै नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा  नेपालको नागरिकता प्रदान गरिने उल्लेख भएको तर बाबु विदेशी  नागरिक ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून अनुसार अंगीकृत नागरिकतामा परिणत हुने उल्लेख गरिएको छ ।

पत्रमा उनीहरूले नेपालको संविधानले नागरिकता प्राप्तिमा नरोकेको भएपनि कानूनको अभावमा नागरिकता प्राप्त गर्न नसकेको जनाइएको छ । प्रतिनिधिसभााको राज्य व्यवस्था तथा शुशासन समितिमा २०७५ भाद्र ५ गते नागरिकता विधेयक दर्ता भए पनि सत्ताको लडाईंमा नागरिकता विधेयक अघि बढ्न नसकेको उल्लेख गरिएको छ । पत्रमा दल विभाजन गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन हुने र नागरिकता सम्बन्धी अध्यादेश रोकिने भन्ने प्रश्न गर्दै आफूहरु कहिलेसम्म अनागरिक भएर बस्ने भनि प्रश्न गरेका थिए ।

संयोजक साफीले. भन्नुभयो, 'नागरिकता नभएर पढ्न पाइएन, पढे पनि काम गर्न पाइएन, वैदेशिक रोजगारीमा जाने आधार छैन, बैंकमा खाता खोल्न सकिएको छैन, आफ्नो नामबाट सीमकार्ड समेत निकाल्न नपाएको अवस्था छ । यस्तो अवस्थामा किन जनगणमा सहभागी हुने ?'