५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

ओलीलाई ट्यूसन पढाउने गगनको चाहना र लाज पनि लजाउने नेताको गाली पुराण !

ओलीलाई ट्यूसन पढाउने गगनको चाहना र लाज पनि लजाउने  नेताको गाली पुराण !
अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्बाचन नजिकिदै जाँदा प्रमुखदलका नेताहरू लाजले पनि लाज मान्ने हर्कत गरिरहेका छन् । आफूले अर्कोलाई जानेजति र सके जति गाली गर्ने ,अर्कोले प्रतिबाद गरे अराजनीतिक चरित्र प्रदर्शन गरेको भन्दै पानी माथीको ओभानो बन्ने प्रयास गरेका छन् । केही दिन यता नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु एक अर्का प्रति यसरी आरोप प्रत्यारोपमा उत्रिएका छन् कि भोली कुनै पनि बिन्दुमा सहकार्य हुदै नहुने झै ।

भनिन्छ राजनीतिमा स्थायी शत्रु वा मित्रु हुदैनन् । नेपालको सन्दर्भमा पनि अगिल्लो दिनसम्म काटाकाट गरेका नेताहरु भोलीपल्ट चाटाचाट गर्छन फेरी पर्सी पल्ट काटाकाट गर्छन ।

केही दिन अघि नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्यो । एमालेले बिगतमा आफुले गरेका कामहरुको स्वामित्व लिदै भावी कार्यक्रमका बारेमा जानकारी गरायो ।

त्यसका केही दिन पछि सत्तारुढ दल नेपाली काग्रेसले आफ्नो घोषणा पत्र सार्बजनिक गर्यो । उसले आफुले गर्ने काम सगै बर्गीय शत्रु र्झै गरेर नेकपा एमाले , अध्यक्ष केपी ओली देखी राष्ट्रपति सम्मलाई आलोचना गर्यो ।

घोषणा पत्र सार्बजनिक गर्दे काँग्रेसले एमाले माथी गम्भिर आरोपहरु लगाएको थियो । कार्यक्रममा काँग्रेसले भनेको थियो ‘नेकपाको सरकार पहिलो दिनदेखि कुशासन, भ्रष्टाचचार र अनियमिततालाई संस्थागत गर्दै आइरहेको थियो । ‘सार्वजनिक सम्पत्तिमाथि लुटतन्त्र मच्चाउदै नेकपाको सरकारले भ्रष्टाचार, अनियमितता र अपारदर्शिताको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान राख्दै आएको थियो ।’

वाइडबडी विमान खरीद, सेक्युरिटी प्रेस, ओम्नी समूहको अनियमितता लगायतका विषयको फेहरिस्त घोषणापत्रमा समावेश गरेको काग्रेसले नेपाल ट्रष्टको सम्पत्तिमाथिको दोहन र ३३ क्वीन्टल सुन तस्करी प्रकरणमा समेत सरकारले बदनियतपूर्वक काम गरेको आरोप लगाएको थियो । यसै गरी गुठी जग्गामा आखा लगाएर ओली सरकारले गुठी विधेयक ल्याएको । कोभिड महामारीका बेलामा स्वास्थ्य सामग्री खरीदका क्रममा समेत अनियमितता गरेको ,माओवालीका पूर्व नेता बालकृष्ण ढुंगेललाई आममाफी दिएको,संवैधानिक निकायको कम्युनिष्टकरण गरेको ,अध्यादेशका आधारमा भएको सिफारिस र नियुक्तिले संवैधानिक निकायलाई एमालेले भर्ती केन्द्र बनाएको जस्ता आरोप लगाएको थियो ।

कांग्रेसको आरोपबाट आगो हुनुभएका एमाले अध्यक्ष केपी ओलीले पनि मंगलवार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा जबाफी फायर खोल्नुभयो । उहाँले भन्नुभयो ‘नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र हो ।’

उहाँले नेपाली काँग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाउनु भयो । अध्यक्ष ओलीले उहाँले २०६२/०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताउनु भयो ।

उहाँले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र काँग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली काँग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली काँग्रेसले, नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए । हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा । कुनै गन्तव्य हुँदैन । उत्ताउलो विकास । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे । हाम्रा खोला खोल्सीहरुमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको । के भएको नेपाली काँग्रेसलाई । एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो । पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन ।

राष्ट्रपतिलाई शेरबहादुरलाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ। राष्ट्रपतिमाथि हमला गरेको छ।नेपाली काँग्रेसलाई सन्चो छ कि छैन रु एकपटक घोषणा गर्न भन्दा अघि सोध्न मन लागेको छ। राजनीतिक, संवैधानिक, कानूनि कुरा गर्नुप(यो नि । अधिकांश घोषणापत्र त्यस्तै छ ।

अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ । संविधानबाट टिपदै राख्दै गरेको छ । अर्को पक्ष पनि छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । चोर विद्यार्थीले चिट चारेझैँ अर्काको लेख्दा आँखा उता हात यता हुँदा छड्को अक्षर भएका छन् । त्यसमा एमालेमाथि तथानाम गाली, संविधानका केही कुराको उतार, अर्को एमालेको कपी । त्यही पनि कुशल विद्यार्थीको चिट चोराइ छैन । लद्दु विद्यार्थीको लद्दु चिट चोराइ छ । हेर्दा हेर्दै काँग्रेस के भएको रु काँग्रेसँग राजनीति छैन, सकियो । देश विकसको कुनै योजना र एजेण्डा छैन त्यो पनि सकियो । गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई र गणेशमानजीहरुले आफू बित्दा काँग्रेसका नीति, विचार, सिद्धान्त सबै लिएर जानुभएछ । केही छैन अहिले काँग्रेससँग ।’

ओलीले जबाफी फायर खोलेको भोलिपल्ट काग्रेस महामन्त्री गगन थापाले फेरी ओठे जबाफ पर्काउनु भएको छ । पार्टी भित्र दबिएका महामन्त्री थापाले भालुको रिस खनायो भाथी भने झै एमाले अध्यक्ष ओली माथी आक्रोश पोख्नुभयो । पार्टी भित्र का अनेकन बिवाद र समस्या थाहा नभएझै गर्दे महामन्त्री थापाले ओली माथी गाली गरेर मुद्धा डाईर्भट गर्ने प्रयास गर्नुभयो ।

उहाले भन्नुभयो ‘नेकपाका अध्यक्ष ओलीजीले मुख छाड्नुभो भनेर एकजना साथीले सुनाउनुभो । अरे बाबा उहाँले सफा र सालिन बोलेको भए पो नयाँ कुरा । जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो । नयाँ कुरा भएन ।’

थापाले भन्नुभयो ‘पागल भन्नुभयो, ठीकै छ । तपाईंलाई याद, छ ओलीले कोकोलाई पागल भन्नुहुन्छ ? जसले उहाँको झूटलाई बाहिर ल्यायो उसलाई पागल भन्नुहुन्छ । हिजो सुशिला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । यो पनि कुनै नयाँ कुरा होइन । कुण्ठाले भरिएको अभिव्यक्ति दिएर हलमा कार्यकर्ताको ताली खाएपछि घरमा आनन्दले सुत्ने केपी ओली हो ।’

थापाले भन्नुभयो ‘बुढाबा, धेरै सनक्क नसन्किनुस् । शरीरलाई अप्ठोरे पर्छ शरीरको ख्याल गर्नुहोला ।’ थापाले अझ अगाडी बढेर भन्नुभयो मसंग समय भएमा बालकोटमै गएर ओलीलाई ट्यूसन पढाउने चाहना छ ।

गगन को अभिव्यक्ति पनि एमालले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले सामाजिक सञ्जाल मार्फत फायर खोल्नुभयो ।

उहाँले लेख्नुभयो –

१) हालै जारी घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिक रुपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ । कम्युनिस्टका नाममा खडा भएका बुख्याँचाहरुहरुको बुईं चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट, कार्यक्रमिक रुपमा एजेन्डाविहीन र राजनीतिक रुपमा बेइमानीको चरमचुलीमा पुगेका उसको विरोधाभाषपूर्ण दावी, कुतर्क र हास्यापद आत्मश्लाघाहरु पढ्दा थाहा हुन्छ ।

२) कांग्रेसको घोषणापत्रमा १७ पृष्ठ लगातार रुपमा नेकपा (एमाले)का विरुद्धमा विषबमन गरिएको छ । आफ्नो घोषणापत्रमा सम्भवतः संसारको कुनै पनि पार्टीले अर्को पार्टीका बारेमा यति धेरै उल्लेख गर्दैन । आफ्ना एजेन्डा, कार्यक्रम र विचारहरु नभएपछि नेकपा ९एमाले० को विरोधमा मात्रै आफ्नो भविष्य देखेको पाइन्छ । कांग्रेसको घोषणापत्रमा नेकपा (एमाले) को नाम २३ ठाउँमा उल्लेख छ ।

३) घोषणापत्रमा आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम ८ ठाउँमा उल्लेख गरेको कांग्रेसले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको नाम ४२ ठाउँमा उल्लेख गरेको छ । आफ्नो नेतृत्वप्रतिको विश्वास नभएको र एमालेको नेतृत्वप्रति आतंकित भएको यसभन्दा अर्को नमुना के खोज्नुपर्ला र ?

४) शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशनमा पनि आफ्नो नाममा होइन, ‘मैले हारेँ भने ओली आउँछ’ भन्दै केपी ओलीका नाममा चुनाव लड्नुभएको थियो । यसपटक पनि कांग्रेसले आफूसँग कुनै एजेन्डा नभएकाले नै होला, केपी ओलीका नाममा स्थानीय निर्वाचन लड्ने घोषणा गरेर आफ्नो औचित्यमाथि आफैँ प्रश्न खडा गरेको छ ।

५) कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन्, प्रतिद्वन्द्वी हुन् । यस अर्थमा आलोचना, विरोध र खण्डनलाई अन्यथा मान्नुपर्दैन । तर, कांग्रेसले घोषणापत्रमा एमाले र अध्यक्ष ओलीका बारेमा जे जस्तो शब्दहरु प्रयोग गरेको छ, यो पार्टी बैचारिक रुपमा त टाट पल्टेकै छ, शिष्टताका हिसाबले पनि असान्दर्भिक, उत्तेजक र अतिवादीहरुको हातमा पुगेछ भन्ने देखिन्छ । ‘केपी ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षा’ भन्ने जस्ता भाषा शहरतिरका बाख्रापालकहरुले त के सर्पपालकहरुले पनि प्रयोग गर्नु नपर्ने हो ।

अनि यस्तो घोषणापत्रलाई ‘प्रलाप’ नभनेर राजनीतिक दस्तावेज मान्न सकिन्छ ?

लाजले पनि लाज मान्ने हर्कत गरेका नेताहरु कुनै बेला फेरी सहकार्य गर्नुपरेको अबस्थामा एकले अर्कोलाई आरोप लगाएका कुराको समिक्षा कसरी गर्छन होला ?