१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म पार्टी फुटको विपक्षमा छु’



अ+ अ-

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताउनुभएको छ । एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । “पार्टीका पहिलो भएका केही बेमेल, भिन्नतालाई छाडेर अघि बढ्नुपर्छ । गुटबन्दीभन्दा माथि उठेर संस्थागतरूपमा पार्टीलाई बलियो बनाउन सबै सक्रिय हुनुपर्छ”, मुख्यमन्त्री शाक्यले भन्नुभयो । 
    
एमालेको उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री शाक्यले माधव नेपाललाई पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फटाएर अघि बढेपछि साथ छाडेको पनि बताउनुभयो । उहाँले नेकपा (एकिकृत समाजवादी) निकै कमजोर पार्टी हुनेसमेत दाबी गर्नुभयो । उहाँले नुवाकोटका पार्टी फुटको असर ज्यादै न्यून परेकाले आगामी दिनमा एमालेको सङ्गठन अझै बलियो हुने बताउनुभयो । 

मुख्यमन्त्री शाक्यले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेकाले सबै नेता कार्यकर्ताले जिम्मेवार ढङ्गले सक्रिय हुनु पनि निर्देशन दिनुभयो । एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले एमाले नुवाकोटमा एकढिक्का भए अघि बढिरहेकाले कार्यकर्ताले अरुको भनाइको पछि नलाग्न आग्रह गर्नुभएको थियो ।