२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः राजस्थान शीर्ष स्थानमा उक्लियो, बैंगलोर २९ रनले पराजित



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ३९ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गरेको छ । यो जितसँगै राजस्थानले बैंगलोरसँग अघिल्लो खेलको बदला पनि लिएको छ ।

सोही सिजनमा दुई टोलीबीचको अन्तिम खेलमा बैंगलोरले राजस्थानलाई चार विकेटले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा आठ विकेट गुमाएर १४४ रन बनायो ।

रियान परागले ३१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै अविजित ५६ रनको इनिङ्स खेले । जवाफमा बैंगलोरको टोली १९.३ ओभरमा ११५ रन बनाएर अलआउट भयो । राजस्थानका लागि कुलदीप सेनले ४ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले तीन विकेट लिए ।

यो जितसँगै राजस्थानको टोली अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । टोलीले अहिलेसम्म ८ खेलमध्ये ६ खेल जितेको छ । टोली दुई हार र १२ अंकसहित शीर्ष स्थानमा छ । नेट रन रेटमा राजस्थानको टोली गुजरातभन्दा अगाडि छ । यस्तै रोयल च्यालेन्जर्स बैंगलोर ९ खेलमा ५ जित र ४ हारसहित अंक तालिकाको पाँचौं स्थानमा छ । उसको १० अंक छ ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानको सुरुवात खराब रह्यो । देवदत्त पडिक्कल सात रन बनाएर आउट भए । त्यसपछि रविचन्द्रन अश्विन तेस्रो नम्बरमा ब्याटिङ गर्न आए र पहिलो दुई बलमा दुई चौका प्रहार गरे । तर, उनी लामो समय मैदानमा टिक्न सकेनन् र नौ बलमा १७ रन बनाएर आउट भए ।

उत्कृष्ट लयमा रहेका जोस बटलर ९ बलमा आठ रन बनाएर आउट भए । कप्तान सञ्जु सामसन २१ बलमा २७ रन बनाएर आउट भए । डेरिल मिचेल २४ बलमा १६ रन, शिमरोन हेटमायर ७ बलमा ३ रन र ट्रेन्ट बोल्ट ७ बलमा ५ रन बनाएर आउट भए । प्रसिद्ध कृष्ण दुई रन बनाएर आउट भए ।

यस क्रममा रियान परागले रन बनाउने क्रम जारी राखे । उनले आफ्नो आईपीएल करियरको दोस्रो अर्धशतक २९ बलमा बनाए । परागले ३१ बलमा ५६ रनको अविजित इनिङ्स खेले । जसमा तीन चौका र चार छक्का समावेश थिए । राजस्थानले अन्तिम दुई ओभरमा ३० रन बनाएको थियो । यससँगै राजस्थानले अन्तिम ५ ओभरमा तीन विकेट गुमाएर ४४ रन बनायो । बैंगलोरका लागि मोहम्मद सिराज, जोस हेजलउड र वनिन्दु हसरंगाले २–२ विकेट लिए भने हर्षल पटेलले एक विकेट लिए ।

१४५ रनको लक्ष्य पछ्याएको बैंग्लोरको टोलीले खराब सुरुवात गरेको थियो । विराट कोहली र कप्तान फाफ डु प्लेसिस ओपनिङका लागि आए । कोहलीले इनिङ्सको पहिलो ओभरमा ट्रेन्ट बोल्टलाई दुई चौका प्रहार गरे तर अर्को ओभरमा उनले आफ्नो विकेट प्रसिद्ध कृष्णलाई दिए । उनलाई कृष्णले रियान परागबाट क्याच आउट गराए । कोहलीले १० बलमा ९ रन बनाउन सके । यसपछि कुलदीप सेनले बैंगलोरलाई दुई ठूला झट्का दिए ।

सातौं ओभरमा कुलदीपले कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेललाई लगातार दुई बलमा पेभिलियन पठाए । डु प्लेसिस २१ बलमा २३ र म्याक्सवेल शून्य रनमा आउट भए । रजत पाटीदार १६ बलमा १६ रन बनाएर आउट भए भने सुयश प्रभुदेसाईले ७ बलमा २ रन बनाए । दुवैलाई रविचन्द्रन अश्विनले पेभिलियन पठाए । १३ औं ओभरमा दिनेश कार्तिकलाई युजभेन्द्र चहलले रन आउट गरेपछि खेलको टर्निङ प्वाइन्ट आयो ।

यस सिजनको अन्तिम खेलमा राजस्थान र बैंगलोरबीचको खेलमा कार्तिकले खेल उल्टाए । यो खेलमा पनि उनी यस्तै लयमा देखिएका थिए । उनी आउने बित्तिकै उनले बाउन्ड्री प्रहार गरे तर चहलले १३ औं ओभरमा कार्तिकलाई रन आउट गरे । कार्तिक चार बलमा ६ रन बनाएर आउट भए । त्यसपछि अशबाजले शाहबाज अहमदलाई परागको हातमा क्याच आउट गराएर पेभिलियन पठाए । शाहबाजले २७ बलमा १७ रन बनाउन सके ।

वनिन्दु हसरङ्गा १३ बलमा १८ रन र मोहम्मद सिराजले ५ बलमा ५ रन बनाएर आउट भए । कुलदीपले हर्षल पटेललाई परागको हातमा क्याच गराए । राजस्थानले बैंग्लोरको इनिङलाई ११५ रनमा समेट्यो । हर्षलले ११ बलमा आठ रन बनाउन सके । यसरी बैंगलोरको टोलीले लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको खेलमा सनराइजर्स हैदरावादले बैंगलोरलाई ९ विकेटले पराजित गरेको थियो ।

आजको खेलः गुजरात टाइटन्सविरुद्ध सनराइजर्स हैदराबाद – ७ः४५ बजे