१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आईपीएलः राजस्थान शीर्ष स्थानमा उक्लियो, बैंगलोर २९ रनले पराजित

आईपीएलः राजस्थान शीर्ष स्थानमा उक्लियो, बैंगलोर २९ रनले पराजित
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ३९ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गरेको छ । यो जितसँगै राजस्थानले बैंगलोरसँग अघिल्लो खेलको बदला पनि लिएको छ ।

सोही सिजनमा दुई टोलीबीचको अन्तिम खेलमा बैंगलोरले राजस्थानलाई चार विकेटले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा आठ विकेट गुमाएर १४४ रन बनायो ।

रियान परागले ३१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै अविजित ५६ रनको इनिङ्स खेले । जवाफमा बैंगलोरको टोली १९.३ ओभरमा ११५ रन बनाएर अलआउट भयो । राजस्थानका लागि कुलदीप सेनले ४ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले तीन विकेट लिए ।

यो जितसँगै राजस्थानको टोली अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । टोलीले अहिलेसम्म ८ खेलमध्ये ६ खेल जितेको छ । टोली दुई हार र १२ अंकसहित शीर्ष स्थानमा छ । नेट रन रेटमा राजस्थानको टोली गुजरातभन्दा अगाडि छ । यस्तै रोयल च्यालेन्जर्स बैंगलोर ९ खेलमा ५ जित र ४ हारसहित अंक तालिकाको पाँचौं स्थानमा छ । उसको १० अंक छ ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानको सुरुवात खराब रह्यो । देवदत्त पडिक्कल सात रन बनाएर आउट भए । त्यसपछि रविचन्द्रन अश्विन तेस्रो नम्बरमा ब्याटिङ गर्न आए र पहिलो दुई बलमा दुई चौका प्रहार गरे । तर, उनी लामो समय मैदानमा टिक्न सकेनन् र नौ बलमा १७ रन बनाएर आउट भए ।

उत्कृष्ट लयमा रहेका जोस बटलर ९ बलमा आठ रन बनाएर आउट भए । कप्तान सञ्जु सामसन २१ बलमा २७ रन बनाएर आउट भए । डेरिल मिचेल २४ बलमा १६ रन, शिमरोन हेटमायर ७ बलमा ३ रन र ट्रेन्ट बोल्ट ७ बलमा ५ रन बनाएर आउट भए । प्रसिद्ध कृष्ण दुई रन बनाएर आउट भए ।

यस क्रममा रियान परागले रन बनाउने क्रम जारी राखे । उनले आफ्नो आईपीएल करियरको दोस्रो अर्धशतक २९ बलमा बनाए । परागले ३१ बलमा ५६ रनको अविजित इनिङ्स खेले । जसमा तीन चौका र चार छक्का समावेश थिए । राजस्थानले अन्तिम दुई ओभरमा ३० रन बनाएको थियो । यससँगै राजस्थानले अन्तिम ५ ओभरमा तीन विकेट गुमाएर ४४ रन बनायो । बैंगलोरका लागि मोहम्मद सिराज, जोस हेजलउड र वनिन्दु हसरंगाले २–२ विकेट लिए भने हर्षल पटेलले एक विकेट लिए ।

१४५ रनको लक्ष्य पछ्याएको बैंग्लोरको टोलीले खराब सुरुवात गरेको थियो । विराट कोहली र कप्तान फाफ डु प्लेसिस ओपनिङका लागि आए । कोहलीले इनिङ्सको पहिलो ओभरमा ट्रेन्ट बोल्टलाई दुई चौका प्रहार गरे तर अर्को ओभरमा उनले आफ्नो विकेट प्रसिद्ध कृष्णलाई दिए । उनलाई कृष्णले रियान परागबाट क्याच आउट गराए । कोहलीले १० बलमा ९ रन बनाउन सके । यसपछि कुलदीप सेनले बैंगलोरलाई दुई ठूला झट्का दिए ।

सातौं ओभरमा कुलदीपले कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेललाई लगातार दुई बलमा पेभिलियन पठाए । डु प्लेसिस २१ बलमा २३ र म्याक्सवेल शून्य रनमा आउट भए । रजत पाटीदार १६ बलमा १६ रन बनाएर आउट भए भने सुयश प्रभुदेसाईले ७ बलमा २ रन बनाए । दुवैलाई रविचन्द्रन अश्विनले पेभिलियन पठाए । १३ औं ओभरमा दिनेश कार्तिकलाई युजभेन्द्र चहलले रन आउट गरेपछि खेलको टर्निङ प्वाइन्ट आयो ।

यस सिजनको अन्तिम खेलमा राजस्थान र बैंगलोरबीचको खेलमा कार्तिकले खेल उल्टाए । यो खेलमा पनि उनी यस्तै लयमा देखिएका थिए । उनी आउने बित्तिकै उनले बाउन्ड्री प्रहार गरे तर चहलले १३ औं ओभरमा कार्तिकलाई रन आउट गरे । कार्तिक चार बलमा ६ रन बनाएर आउट भए । त्यसपछि अशबाजले शाहबाज अहमदलाई परागको हातमा क्याच आउट गराएर पेभिलियन पठाए । शाहबाजले २७ बलमा १७ रन बनाउन सके ।

वनिन्दु हसरङ्गा १३ बलमा १८ रन र मोहम्मद सिराजले ५ बलमा ५ रन बनाएर आउट भए । कुलदीपले हर्षल पटेललाई परागको हातमा क्याच गराए । राजस्थानले बैंग्लोरको इनिङलाई ११५ रनमा समेट्यो । हर्षलले ११ बलमा आठ रन बनाउन सके । यसरी बैंगलोरको टोलीले लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको खेलमा सनराइजर्स हैदरावादले बैंगलोरलाई ९ विकेटले पराजित गरेको थियो ।

आजको खेलः गुजरात टाइटन्सविरुद्ध सनराइजर्स हैदराबाद – ७ः४५ बजे