२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी रोनाल्डोको गोलमा युनाइटेडको जित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई पराजित गरेको छ । 

भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल आफ्नो पक्षमा पारेको हो ।

क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी खेलको इन्जुरी समयमा गोल गर्दै युनाइटेडलाई जित दिलाएका हुन् । 

च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई भंग गरेका रोनाल्डोले खेल सकिनै लाग्दा इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे । 

खेलको ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले सुरुवाती अग्रता लिएको थियो ।  एलेक्स टेलेसले ६० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए । 

समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित रहेको छ । समूह एफमा एट्लान्टाको ४ अंक रहँदा योङ ब्वाइज र युनाइटेडको समान ३ अंक छ । यस्तै १ अंक जोडेको भिल्लारियल समूहको पुछारमा छ ।