२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा उपमहानगरमा मनोनयन दर्ता



अ+ अ-

हेटौँडा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा विभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामाले प्रमुखमा र नेपाली कांग्रेसका राजेश बानियाँले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । दुवै जनाले हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रमुख र उपप्रमुखमा मिलेर मनोनयन दर्ता गराए पनि हेटौँडाको १९ वटै वडामा भने कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै नेकपा (एमाले)बाट प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा दीपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपाने तथा जसपाबाट प्रमुखमा दिपा लामा र उपप्रमुखमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि आइतबार सात जनाले मनोनयन दर्ता गराएका थिए ।