२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका जगन्नाथ पौडेलले दिए भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

भरतपुरको मेयर नेकपा (माओवादी केन्द्र) लाई दिने सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विरोधमा नेता पौडेलले बागी उम्मेदवारी दिएका हुन् ।

भरतपुरमा सत्तारुढ गठबन्धनबाट मेयर पदको टिकट नेपाली कांग्रेसले पाउनुपर्ने माग राख्दै आएका कांग्रेस कार्यकर्ता कांग्रेसको झण्डा र चुनाव चिह्न तथा बाजागाजासहित पौडेलको उम्मेदवारी दर्ताका लागि सहभागी भएका थिए ।

पौडेलले कांग्रेसलाई जोगाउने अभियाका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । माओवादी केन्द्रले मेयरको टिकट पाएपछि भरतपुर कांग्रेसभित्र तीव्र असन्तुष्टि देखा परेको छ ।

विसं २०४९ सालको चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा भइसकेका पौडेल वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभाका सांसद भइसकेका व्यक्ति हुन् ।




भर्खरै