२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका जगन्नाथ पौडेलले दिए भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

भरतपुरको मेयर नेकपा (माओवादी केन्द्र) लाई दिने सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विरोधमा नेता पौडेलले बागी उम्मेदवारी दिएका हुन् ।

भरतपुरमा सत्तारुढ गठबन्धनबाट मेयर पदको टिकट नेपाली कांग्रेसले पाउनुपर्ने माग राख्दै आएका कांग्रेस कार्यकर्ता कांग्रेसको झण्डा र चुनाव चिह्न तथा बाजागाजासहित पौडेलको उम्मेदवारी दर्ताका लागि सहभागी भएका थिए ।

पौडेलले कांग्रेसलाई जोगाउने अभियाका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । माओवादी केन्द्रले मेयरको टिकट पाएपछि भरतपुर कांग्रेसभित्र तीव्र असन्तुष्टि देखा परेको छ ।

विसं २०४९ सालको चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा भइसकेका पौडेल वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभाका सांसद भइसकेका व्यक्ति हुन् ।