१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस भरतपुरमा विद्रोह, पूर्वसांसद पौडेलले मेयरमा उम्मेदवारी दिने



अ+ अ-

चितवनमा नेपाली कांग्रेसभित्र विद्रोह भएको छ । विगतको स्थानीय तहको निर्वाचनझैँ भरतपुर महानगरपालिकामा मेयर पद यसपटक पनि माओवादी केन्द्रलाई दिने केन्द्रको सहमतिविरुद्ध चितवनमा विद्रोह भएको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेद्बारी दिने घोषणा गरेका छन् । उनले कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् ।

पौडेलले कांग्रेस महासमिति सदस्य मीना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् । उम्मेद्बारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो ।

भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए ।