२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकले ल्यायो ‘सनराइज पेरोल लोन’ सुबिधा



अ+ अ-

काठमाडौं । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी 'सनराइज पेरोल लोन' योजना ल्याएको छ ।

उक्त योजना अन्र्तगत सन्राइज बैंकमा सनराइज पेरोल सेभिङ अकाउन्ट (Sunrise Payroll Saving Account) भएका कुनै पनि ग्राहकहरुले बिना धितो रु १५ लाख सम्मको कर्जा लिन सक्ने बैंकले जनाएको छ।

सो योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा रु ५ लाख सम्मको (overdraft) र रु १० लाख सम्मको Term Loan गरी अधिकतम रु १५ लाख सम्मको कर्जा लिन सक्ने बैंकले बताएको छ । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ ।

उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ । 

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।