१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ज्येष्ठ नागरिकको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान’



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुने भएकाले उहाँहरुको ज्ञान, सीप र अनुभवलाई आत्मसात गरेर समाजको आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन हुनुपर्ने बताउनुभयो ।

जीवनको लामो समय घरपरिवार, समाज र राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँपुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ प्रदेश सरकार अग्रसर रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै सरकारले विभिन्न कार्यक्रम तथा सेवासुविधा प्रदान गर्दै आएको उल्लेख गर्दै थप सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।

दिवसका अवसरमा मुख्यमन्त्री भट्टले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न प्रदेशवासी सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।