२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा गठबन्धनबाट मेयर पदमा सिर्जना सिंह उम्मेदवार बन्ने



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलहरुका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने करिब निश्चि भएको छ ।

सत्ता साझेदार दलबीच मङ्गलबार बसेको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएका थिए ।

विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था रहे पनि महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका हुन् ।

काठमाडौँ कांग्रेसको राजनीतिमा कांग्रेस नेता प्रकाशमान सिंहको पकड रहेकाले उनले इच्छा गरेको व्यक्ति काठमाडौँको मेयरमा उम्मेदवार हुँदै आएका छन् । सिर्जना सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । त्यसैले सिर्जना काठमाडौँको मेयरमा उम्मेदार हुने करिब निश्चित भएको हो ।

सिंहले २०३६ सालदेखि सक्रिय राजनीति सुरु गरेकी थिइन् । उनी २०३६ सालमा गोरखाको महिला संघको अध्यक्ष बनेकी थिइन् । उनी त्यसपछि महाबौद्ध क्याम्पसमा २०३८ सम्मको अवधिमा नेविसंघको इकाइ सभापति बनेकी थिइन् । त्यसै वर्ष शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनबाट कोषाध्यक्ष बनिन् ।




भर्खरै