१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा गठबन्धनबाट मेयर पदमा सिर्जना सिंह उम्मेदवार बन्ने



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलहरुका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने करिब निश्चि भएको छ ।

सत्ता साझेदार दलबीच मङ्गलबार बसेको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएका थिए ।

विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था रहे पनि महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका हुन् ।

काठमाडौँ कांग्रेसको राजनीतिमा कांग्रेस नेता प्रकाशमान सिंहको पकड रहेकाले उनले इच्छा गरेको व्यक्ति काठमाडौँको मेयरमा उम्मेदवार हुँदै आएका छन् । सिर्जना सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । त्यसैले सिर्जना काठमाडौँको मेयरमा उम्मेदार हुने करिब निश्चित भएको हो ।

सिंहले २०३६ सालदेखि सक्रिय राजनीति सुरु गरेकी थिइन् । उनी २०३६ सालमा गोरखाको महिला संघको अध्यक्ष बनेकी थिइन् । उनी त्यसपछि महाबौद्ध क्याम्पसमा २०३८ सम्मको अवधिमा नेविसंघको इकाइ सभापति बनेकी थिइन् । त्यसै वर्ष शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनबाट कोषाध्यक्ष बनिन् ।