१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ । छापावाल सुन बिहिबार प्रतितोला रु ८८ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ६०० तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार १५० कायम गरिएको छ जुन बिहिबार प्रतितोला रु ८८ हजार २५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बिहिबारको तुलनामा आज प्रतितोला रु २० ले बढेको छ । बिहिबार प्रतितोला रु एक हजार १२० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १४० तोकिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।