काठमाडौं । अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशले सफाइ पाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो ।
पहिलोपटक प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको आधारमा पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।
पूर्व प्रधानन्यायाधीशहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका थिए ।