१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिको बाबालाई खुकुरी प्रहार गरि फरार रहेका व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । पशुपतिको बाबालाई खुकुरी प्रहार गरि फरार रहेका व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरि सार्वजनिक गरेको छ । 

प्रक्राउ पर्नेमा चितवन जगतपुर नयाँवस्ति ५ का ३७ वर्ष उमेरका तारा बहादुर लामिछाने रहेका छन् । उनको समथबाट प्रहरीले घटनामा प्रयोग भएको खुकुरी र झोला पनि बरामद गरेको छ ।

गत असोज ११ गते विहान ५ः४५ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं ८  पशुपति स्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा पशुपतिमा बस्ने सन्तोष भनिने बाबालाई लामिछाने खुकुरी प्रहार गरेका थिए । उनलाई आज बिहान ८ बजेको समयमा हेपाली हाईटवाट प्रहरीले पक्राउ गरेको हो ।