१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आईपीएलः चेन्नईलाई गुजरातले हरायो

आईपीएलः चेन्नईलाई गुजरातले हरायो
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२२ अन्तर्गत गुजरात टाइटन्सले चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई तीन विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर १६९ रन बनाएको थियो । जवाफमा गुजरातले १९.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पछ्यायो ।

गुजरातका लागि ‘किलर मिलर’ले परिचित डेभिड मिलरले उत्कृष्ट ब्याटिङसहित तुफानी इनिङ्स खेल्दै खेल जिताए । मिलरले ५१ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै अविजित ९४ रन बनाए ।

१७ ओभरमा गुजरातको स्कोर पाँच विकेटको क्षतिमा १२२ रन थियो । त्यसपछि अन्तिम तीन ओभरमा टोलीलाई ४८ रन आवश्यक थियो । यो खेल चेन्नईले जित्छ भन्ने लाग्थ्यो तर त्यसपछि गुजरातका स्ट्यान्ड इन कप्तान राशिद खानले सानदार प्रदर्शन गरे । क्रिस जोर्डनको १८ औं ओभरमा उनले र मिलरले मिलेर २५ रन बनाए । यस ओभरमा राशिदले तीन छक्का र एक चौका प्रहार गरे ।

त्यसपछि अर्को ओभरमा ड्वेन ब्राभोले राशिद खान र अल्जारी जोसेफलाई पभिलियन पठाए । राशिद २१ बलमा ४० रन बनाएर आउट भए । गुजरातलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो। जोर्डन फेरि बलिङ गर्न आए । पहिलो दुई बलमा कुनै रन भएन । मिलरले तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा मिलरले क्याच गरे तर त्यो नो बल सावित भयो ।

मिलरले फ्रि हिटमा चौका प्रहार गरे । मिलरले अर्को बलमा दुई रन लिएर गुजरातलाई जित दिलाए। गुजरात ६ खेलबाट पाँच जित र एक हार ९१० अंक० सहित अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै, चेन्नईको टोली एक जित र पाँच हारसहित ६ खेलबाट दुई अंक जोडेर नवौं स्थानमा छ । चेन्नईको अर्को खेल अप्रिल २१ मा मुम्बई इन्डियन्ससँग हुनेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर १६९ रन बनाएको थियो । सीएसकेको सुरुवात खराब रह्यो र सातको स्कोरमा पहिलो झट्का लाग्यो । यसअघिको खेलका ‘हिरो’ रोबिन उथप्पा १० बलमा तीन रन बनाएर आउट भएका थिए । उनलाई शमीले एल्बडब्लू आउट गरेका थिए । खराब फर्ममा रहेका मोइन अलीले यो खेलमा पनि खासै केही गर्न सकेनन् र एक रन बनाए । उनलाई अल्जारी जोसेफले बोल्ड गरेका थिए ।

यसपछि ऋतुराज गायकवाडले अम्बाती रायडुसँग मिलेर चेन्नईको इनिङ्सलाई सम्हालेका थिए । दुवैले तेस्रो विकेटका लागि ५६ बलमा ९२ रनको साझेदारी गरे । यसैबीच, ऋतुराज फर्ममा फर्किए र सिजनको पहिलो अर्धशतक बनाए । समग्रमा यो उनको आठौं अर्धशतक हो । अर्कोतर्फ, रायुडू अर्धशतक बनाउनबाट चुके । रायुडू ३१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ४६ रन बनाएर आउट भए । सोही क्रममा ऋतुराज ४८ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७३ रन बनाएर आउट भए ।

शिवम दुबेले १७ बलमा १९ रन र कप्तान रविन्द्र जडेजाले १२ बलमा अविजित २२ रन बनाए । दुबे इनिङ्सको अन्तिम बलमा आउट भए । अल्जारी जोसेफले दुई विकेट लिए भने मोहम्मद शामी र यश दयालले एक–एक विकेट लिए ।