२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरमा विवेकशील साझाका उम्मेदवारका के–के छन् एजेण्डा ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाडौं महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरिएको छ । काठमाडौं महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरुको सुझाव लिएर ती सबै समस्याहरुको समाधान गर्दै लैजाने गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताउनु भयो । उहाँले आफूहरु विजयी भएमा काठमाडौं महानगरपालिकामा विकास, निर्माणको कामले उचाई लिने पनि बताउनुभयो ।

पार्टीका संयोजक मिश्रले प्रदुषित, अव्यवस्थित र कंक्रिटको जंगलको रुपमा रुपान्तरित भएको काठमाडौं महानगरपालिकाको स्वरुपमा परिवर्तन ल्याउने गरी आफ्नो पार्टीले मेयर र उपमेयरको उम्मेदवार बनाएको दावी गर्नु भयो ।

प्रतिज्ञा पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा जोड दिने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, विद्युतीय यातायातको व्यवस्था, नदी, कुवा, तलाऊ, खोलानालाहरुको सफाई गर्ने उल्लेख गरिएको छ ।

स्थानीय तह निर्वचन, २०७९ काठमाडौँ प्रतिज्ञा पत्र - Media