२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरमा विवेकशील साझाका उम्मेदवारका के–के छन् एजेण्डा ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाडौं महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरिएको छ । काठमाडौं महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरुको सुझाव लिएर ती सबै समस्याहरुको समाधान गर्दै लैजाने गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताउनु भयो । उहाँले आफूहरु विजयी भएमा काठमाडौं महानगरपालिकामा विकास, निर्माणको कामले उचाई लिने पनि बताउनुभयो ।

पार्टीका संयोजक मिश्रले प्रदुषित, अव्यवस्थित र कंक्रिटको जंगलको रुपमा रुपान्तरित भएको काठमाडौं महानगरपालिकाको स्वरुपमा परिवर्तन ल्याउने गरी आफ्नो पार्टीले मेयर र उपमेयरको उम्मेदवार बनाएको दावी गर्नु भयो ।

प्रतिज्ञा पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा जोड दिने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, विद्युतीय यातायातको व्यवस्था, नदी, कुवा, तलाऊ, खोलानालाहरुको सफाई गर्ने उल्लेख गरिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/स्थानीय-तह-निर्वचन-२०७९-काठमाडौँ-प्रतिज्ञा-पत्र-Media.pdf” title=”स्थानीय तह निर्वचन, २०७९ काठमाडौँ प्रतिज्ञा पत्र – Media”]