२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेणुलाई चितवनबाट जिताउन प्रचण्डलाई गठबन्धन चाहिएको ओलीको आरोप



अ+ अ-

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले आफ्नो पार्टीसँग भिड्न मिलेर आउन पनि सत्तारुढ पाँचदलीय गठबन्धनलाई चुनौति दिनु भयो । बुधबार सुनसरीको इनरुवामा पार्टीद्धारा आयोजित आमसभामा बोल्दै उहाँले जतिसुकै दल मिलेर भिडेपनि जित भने एमालेकै हुने दावी गर्नु भयो । उहाँले भन्नु भयो, ‘गठबन्धन गरेर कोको आउने हो । सबै मिलेर आउन । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ।’

ओलीले आफ्नी छोरी रेणु दाहाललाई चितवनबाट जिताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गठबन्धन चाहिएको आरोप समेत लगाउनु भयो । पाँच दलीय गठबन्धन, ६ दलीय गठबन्धनलाई विचराहरु भन्दै उहाँले अलपत्र अवस्थामा रहेको पनि बताउनु भयो ।

ओलीले सत्तारुढ गठबन्धन खिईदै गएको उल्लेख गर्दै नडगराई चुनावी मैदानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । कार्यक्रममा सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष समेत रहेका जसपा नेता महेन्द्रप्रसाद यादव एमाले प्रवेश गर्नु भएको थियो ।