२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीले तीन महिनापछि पायो प्रजिअ



अ+ अ-

डोटी । विगत तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी विहीन बनेको डोटी जिल्लामा गृह मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको छ । निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले  विष्टलाई प्रजिअ तोकेको हो । 

यसअघि विष्टले जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा हुनुभएको थियो  । यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आउनुभएको थियो । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो । 




भर्खरै