२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

आईपीएलमा गुजरातको पहिलो हार, हैदरावादले ८ विकेटले हरायो

आईपीएलमा गुजरातको पहिलो हार, हैदरावादले ८ विकेटले हरायो
अ अ+ अ-

एजेन्सी । सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ । हैदरावादको यो सिजनको लगातार दोस्रो जित हो भने गुजरातले पहिलो हार बेहोरेको छ ।

मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिएको आईपीएल २०२२ को २१ औं खेलमा हैदरावादले गुजरातलाई दिएको १६३ रनको लक्ष्य दुई विकेट गुमाएर पुरा गरेको हो । हैदरावादका लागि कप्तान केन विलियम्सनले ५७ र अभिषेक शर्माले ४२ रन बनाए । अर्कोतर्फ निकोलस पूरनले १८ बलमा ३४ रनमा अविजित रहे ।

गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले केही सुस्त सुरुवात गरे पनि पछि अभिषेक शर्मा र केन विलियम्सनले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे । अभिषेकले ३२ बलमा ४२ रन बनाए । उनलाई रासिदले आउट पारे । तर, केन विलियम्सनले ब्याटिङ सम्हाल्दै ४२ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनी १७ औं ओभरमा ४६ बलमा ५७ रन बनाएर आउट भएका थिए । यसपछि निकोलस पूरन र एडेन मार्करामले मिलेर १४ बलमा ३९ रनको अतुलनीय र म्याच विजयी साझेदारी गरे । उनीहरुको साझेदारीमा हैदरावादले पाँच बल बाँकी रहँदै खेल जित्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई १६३ रनको लक्ष्य दिएको थियो । गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले । उनले ४२ बलमा ५० रन बनाएर अविजित रहे । यो उनको आईपीएल करियरको पाँचौं अर्धशतक हो । आफ्नो इनिङ्समा उनले चार चौका र एक छक्का प्रहार गरे । हैदरावादका लागि भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए ।

गुजरातको सुरुवात खराब रह्यो । शुभमन गिल सात रन बनाएर आउट भए । भुवनेश्वरको बलमा राहुल त्रिपाठीले एक हातले डाइभिङ गर्दै उत्कृष्ट क्याच लिए । सोही क्रममा साई सुदर्शन ९ बलमा ११ रन बनाएर आउट भए । म्याथ्यु वेडले पनि खासै केही गर्न सकेनन् । उनी १९ बलमा १९ रन बनाएर आउट भए । डेभिड मिलरले कप्तान हार्दिकसँग चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । मिलर १२ रन बनाएर आउट भए ।

त्यसपछि हार्दिकले अभिनव मनोहरसँग पाँचौं विकेटका लागि ५० रनको साझेदारी गरे । मनोहर २१ बलमा ३५ रन बनाएर आउट भए । उनले खेलमा दुई–दुई पटक जीवनदान पाए । एक पटक एडन मार्कराम र एक पटक राहुल त्रिपाठीले उनको सहज क्याच छोडे । आफ्नो इनिङ्समा मनोहरले पाँच चौका र एक छक्का प्रहार गरे ।

अन्तिम ओभरमा राहुल तेवाटिया चार बलमा ६ रन बनाएर आउट भए । त्यही क्रममा इनिङ्सको अन्तिम बलमा नटराजनले उत्कृष्ट योर्करमा राशिद खानलाई शून्य रनमै क्लिन बोल्ड गराए । हार्दिक ५० रनमा अविजित रहे । तर, १३औं ओभरपछि उनले एउटा पनि चौका प्रहार गरेनन् । अन्तिम ५ ओभरमा गुजरातले तीन विकेट गुमाएर ४४ रन बनाएको थियो । हैदरावादका भुवनेश्वर र नटराजनले समान २–२ विकेट लिए । त्यस्तै मार्को यान्सेन र उमरान मलिकले एक–एक विकेट लिए ।

आजको खेलः चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर – ७ः४५ बजे