२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली खाना र स्वादलाई विश्वव्यापी बनाउन मन्त्री आलेको आग्रह



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी ९नाथुम० ले आज आयोजना गरेको ‘बीबीसी माष्टर सेफ रिम्याच’ प्रतियोगिता २०२१ का अन्तिम चार प्रतिस्पर्धीको स्वागत तथा अभिनन्दन कार्यक्रममा उहाँले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि नाथुमका सेफहरुले बनाएका नेपाली खानाको स्वादलाई विश्वव्यापीकरण गर्न जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिडका कारण हाम्रो उद्योग पर्यटन क्षेत्र निकै धरासायी बनेको छ, अब ती क्षेत्रलाई माथि उकास्नका लागि हाम्रा कला संस्कृतिहरुको प्रचारप्रसार तथा हाम्रा नाथुमका सेफहरुले बनाउने खानाका स्वादलाई विश्वव्यापीरूपमा फैलाउनु प¥यो ।”

यसैगरी मन्त्री आलेले बेलायत ब्रोडकास्टिङका मास्टर सेफको अन्तिम चार प्रतिस्प्रर्धीलाई आज नाथुमको कार्यालयमा स्वागत गर्न पाउँदा निकै खुसी भएकोसमेत बताउनुभयो । यसैगरी मास्टर सेफका प्रतिस्पर्धीहरु नाथुमका कार्यालयमा आउनु भनेको यहाँ अध्यन गर्ने नयाँ तथा युवा पुस्तालाई भविष्य निर्धाणरमा उत्प्रेरित गर्ने आफूले विश्वास लिएकोसमेत मन्त्री आलेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानामा क्षेत्रीयस्तरको स्वादको सबैभन्दा महत्वपूर्ण भूमिका रहने गदर्छ, आफूले सिकेको कुरा यहाँ अध्यान गर्ने विद्यार्थीलाई सिकाउनु होला ।” यसैगरी मन्त्री आलेले आफू छोटो कार्याकालको सुरुदेखि नै पर्यटन प्रवद्र्धनका लागि प्रयासरत रहेको र पर्यटन प्रवद्र्धनका लागि विभिन्न विज्ञहरुलाईसमेत अहिले नेपाली पर्यटन क्षेत्रमा नियुक्त गरेको जानकारीसमेत गराउनुभयो ।

सोही अवसरमा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धनका लागि निर्मल पूर्जा निम्सलाई पर्यटन दूतका रूपमा नियुक्त गर्नुका साथै भारतका प्रख्यात बलिउड कलाकार सलमान खानसँग भर्चुल मिटिङ गरी नेपालको पर्यटन क्षेत्रमा कोरोनाको कुनै असर नरहेको सन्देश दिएको बताउनुभयो । नेपालमा पर्यटक भित्र्याउन तथा यहाँको पर्यटन प्रवद्र्धनका लागि सलमान खान जस्ता कलाकार नेपाल ल्याउन लागेकोसमेत मन्त्री आलेले सो कार्यक्रममा जानकारी दिनुभयो ।

बीबीसी माष्टर सेफ रिम्याच प्रतियोगिता २०२१ का अन्तिम फाइनलिस्ट हुनेमा सन्तोष शाह, श्री एलेक्स वेब, श्री बार्ट भान डरली, सुश्री फिली आर्मिटेज (माटिन) रहेको नाथुमका प्रमुख राजेश उप्रेतीले जानकरी दिनुभयो । रासस