२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणलाई कारबाही गर्ने



अ+ अ-

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत प्राधिकरणलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै दूरसञ्चार कारबाहीको चेतावनी दिएको हो । 

दूरसञ्चारले सूचना जारी गर्दै विद्युत प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच छलफल गरी विभाग समाधान गर्ने प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर काट्दा राज्यको अतिआवश्यक सेवा अवरुद्ध पारिएको छ। कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दूरसञ्चार ऐन २०५३ अनुसार दण्डनीय हुने व्यवस्था छ,’ सूचनामा भनिएको छ। 

सबै पक्षको आपसी छलफलमार्फत समस्या समाधान गर्नसमेत दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।




भर्खरै