२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्ट पक्षधरले आईसिसिलाई पत्र लेख्दा प्रयोग गरेको शब्दप्रती पत्रकार महासंघको आपत्ति



अ+ अ-

जापान ।  नेपाल पत्रकार महासंघ जापान शाखाले एनआरएनए जापानको निर्वाचन सम्बन्धमा असन्तुष्ट पक्षहरुले आईसिसीलाई दिएको निबेदनमा उल्लेखित शब्दप्रती आपत्ति जनाएको छ ।

महासघ जापान शाखाका अध्यक्ष मोहन घलेले एक विज्ञप्ती जारी गर्दै केही दिन अघी प्रकाशित समाचारको बिषयलाई लिएर आईसिसीमा दिएको निबेदनमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाएका हुन ।

‘समाजका अगुवाहरुलेनै संचार माध्यम र पत्रकारलाई लक्षित गरी समाजको कलंक जस्ता शब्द प्रयोग गर्नु निन्दनिय काम हो’ विज्ञप्तीमा भनिएको छ ’सम्बन्धित पक्षलाई यस्ता कार्य नदोहोर्‍याउन र सार्वजनिक रुपमा माफी माग्न आग्रह गर्दछौ ।’

केहिदिन अघि एनआरएनए जापानको खाता नम्बर १३४३१५६१  बाट करिब २ करोड ५० लाख यन गायब भएको बिषयमा समाचार प्रकाशन भएको थियो । तत्कालिन कोषाध्यक्ष कालिका थापाले जुलाई महिनामा ओसाकामा भएको अधिबेसनको बन्दशत्रमा पेश गरेको आर्थिक प्रतिबेदनमा माथि उक्त खाता नम्बरमा २ करोड ४७ लाख ७५ हजार ९६३ यन मौजदात रहेको उल्लेख गरेकी छिन् ।

निर्वाचन प्रक्रियाप्रति असन्तुष्टी जनाउदै उनले नयाँ कार्यसमितिलाई कुनै पनि कागजपत्र बुझाएकी छैनिन् । उनले नयाँ कार्य समितिलाई नबुझाएको उक्त खाता नम्बरबाट आफुखुसी रकम झिकेको नयाँ कार्य समितिले जनाएको छ ।

असन्तुष्ट पक्षधरहरुले आईसिसिलाई लेखेको पत्रमा रकम अर्कै खातामा स्थानतरण गरिएको बताए पनि कुन खाता के कति रकम स्थानतरण गरिएको हो त्यस्को कुनै प्रमाण पेश नगरेको आईसिसीले जनाएको छ ।




भर्खरै