१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्ट पक्षधरले आईसिसिलाई पत्र लेख्दा प्रयोग गरेको शब्दप्रती पत्रकार महासंघको आपत्ति



अ+ अ-

जापान ।  नेपाल पत्रकार महासंघ जापान शाखाले एनआरएनए जापानको निर्वाचन सम्बन्धमा असन्तुष्ट पक्षहरुले आईसिसीलाई दिएको निबेदनमा उल्लेखित शब्दप्रती आपत्ति जनाएको छ ।

महासघ जापान शाखाका अध्यक्ष मोहन घलेले एक विज्ञप्ती जारी गर्दै केही दिन अघी प्रकाशित समाचारको बिषयलाई लिएर आईसिसीमा दिएको निबेदनमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाएका हुन ।

‘समाजका अगुवाहरुलेनै संचार माध्यम र पत्रकारलाई लक्षित गरी समाजको कलंक जस्ता शब्द प्रयोग गर्नु निन्दनिय काम हो’ विज्ञप्तीमा भनिएको छ ’सम्बन्धित पक्षलाई यस्ता कार्य नदोहोर्‍याउन र सार्वजनिक रुपमा माफी माग्न आग्रह गर्दछौ ।’

केहिदिन अघि एनआरएनए जापानको खाता नम्बर १३४३१५६१  बाट करिब २ करोड ५० लाख यन गायब भएको बिषयमा समाचार प्रकाशन भएको थियो । तत्कालिन कोषाध्यक्ष कालिका थापाले जुलाई महिनामा ओसाकामा भएको अधिबेसनको बन्दशत्रमा पेश गरेको आर्थिक प्रतिबेदनमा माथि उक्त खाता नम्बरमा २ करोड ४७ लाख ७५ हजार ९६३ यन मौजदात रहेको उल्लेख गरेकी छिन् ।

निर्वाचन प्रक्रियाप्रति असन्तुष्टी जनाउदै उनले नयाँ कार्यसमितिलाई कुनै पनि कागजपत्र बुझाएकी छैनिन् । उनले नयाँ कार्य समितिलाई नबुझाएको उक्त खाता नम्बरबाट आफुखुसी रकम झिकेको नयाँ कार्य समितिले जनाएको छ ।

असन्तुष्ट पक्षधरहरुले आईसिसिलाई लेखेको पत्रमा रकम अर्कै खातामा स्थानतरण गरिएको बताए पनि कुन खाता के कति रकम स्थानतरण गरिएको हो त्यस्को कुनै प्रमाण पेश नगरेको आईसिसीले जनाएको छ ।