९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

हुँदैसही सूचना सम्प्रेषण गर्नुपर्नेमा सभामुखको जोड

हुँदैसही सूचना सम्प्रेषण गर्नुपर्नेमा सभामुखको जोड
अ अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आज राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उहाँले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमको दायित्व अझ बढेर गएको बताउनुभयो । “आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन देशको महान् उत्सव हो, निर्वाचनमा हामी सबै जवाफदेही र निष्ठापूर्वक इमान्दार भएर लाग्नुपर्छ”, सभामुख सापकोटाले भन्नुभयो । निर्वाचनबिना लोकतन्त्र जीवित हुन नसक्ने भन्दै उहाँले राष्ट्र र जनताका लागि निर्वाचन अवसरका रुपमा आएको उल्लेख गर्नुभयो ।

सूचनाको प्रभाव व्यापक ढङ्गले पर्र्दै आएको विश्वव्यापी उदाहरण दिँदै उहाँले सही सूचना जनतासमक्ष जति पुर्‍याउन सकियो त्यति नै जनता बलियो हुने बताउनुभयो । सभामुख सापकोटाले अझै पनि केही राजनीतिक शक्ति निर्वाचनको प्रक्रियामा सहभागी हुन चाहिरहेको अवस्था देखिएको भन्दै त्यस्ता शक्तिलाई निर्वाचनमा ल्याउन अधिकतम प्रयत्न गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले निर्वाचन सबैका लागि भएकाले सरकारले सबै पक्षलाई निर्वाचनको महाअभियानमा समेटेर लैजानुपर्ने बताउनुभयो ।

“उहाँहरु अलमलमा हुनुहुन्छ, हामी जिम्मेवारीमा छौँ, हामीले कमीकमजोरी गरेका हुन सक्छौँ, त्यतातर्फ सबैले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “सबैलाई निर्वाचनको प्रवाहमा समेट्नुपर्छ, यसका लागि राजनीतिक दलले निर्णायक भूमिका खेल्नुपर्छ ।”

प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले भ्रमपूर्ण, मिथ्या, तोडमोड गरिएका सूचना निर्वाचनका समयमा अत्यधिक प्रवाह हुने गरेको भन्दै त्यस्ता अफवाहलाई चिर्न सही र सत्य सूचना समयमै प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रविधिको विकाससँगै सूचना प्रवाहमा सहजता भए पनि यसको दुरुपयोग रोक्नेतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियोे ।

“भ्रमपूर्ण सूचनाबाट जनता, राजनीतिक दल, सरकारी निकाय चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो, “सार्वजनिक निकायले पनि समयमा सही सूचना प्रवाह गर्नुपर्छ ।” प्रमुख आयुक्त गुरुङले निर्वाचनका समयमा लैङ्गिक, जातीय र भौगोलिक आधारमा हुने गलत सूचना प्रवाह हुनसक्ने र गलत सूचनाका आधारमा हिंसा बढ्नसक्ने भएकाले भ्रामक सूचना नियन्त्रण गर्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।