६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति



तस्बिरः वेतना दैनिक
अ+ अ-

झापा । अचानक आएको हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति पुर्याएको छ । आइतबार दिउँसो एक्कसी हावाहुरी सहित आएको असिनापानीले ठूलो क्षति गरेको हो । हावाहुरीबाट दर्जनौँ घर भत्किएका छन् । करोडौको अन्नबाली नष्ट भएको छ । फलफूल र तरकारी सखाप भएको छ ।

हावाहुरीसँगै काँडा सहितका ठूल्ठूला असिना र पानी पार्‍यो, एकैछिनमा सबै कुरा सोत्तर पार्‍यो । किसानहरुले गुनासो गरे ।

दिउँसो १ बजेतिर करिब आधा घण्टाको समयमा यति ठूलो विनास भएको हो । झापाको मध्यभाग भएर मडारिएको हावाहुरी र असिनापानीले ठूलो क्षति गरेको छ । राजमार्ग वरपर र उत्तरी क्षेत्रमा पानी परे पनि खास क्षति भएको छैन । दमक, गौरादह, शिवसताक्षी, भद्रपुर नगरपालिकाका केही भाग तथा कमल, बाह्रदशी, झापा, गौरीगन्ज, कचनकवल गाउँपालिकाका आंशिक क्षेत्रमा क्षति पुगेको छ । असिना र हावाहुरीले रुख झार्दा भुइँमा बिस्कुन लगाको छ ।

हावाहुरी, असिनापानीले मकै, गहुँ, सूर्यमुखीलगायत अन्न तथा तेलहन नष्ट परेको छ । टमाटरलगायत तरकारी, कोला, आँप, लिचीलगायत फलफूल नाश गरेको छ । हावाहुरी र असिनापानीको क्षतिको विवरण सङ्कलन गर्न थालिएको शिवसताक्षी नगरपालिका–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । हावाहुरी र असिनापानीले झापाको मध्य भागमा ठूलो क्षति भएको जनाइएको छ । तर, अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । गत असोजमा आएको हावाहुरीले धान खेतीमा पुर्‍याएको नोक्सानको क्षतिपूर्ति नपाएका किसान हावाहुरी र असिनापानीले थप मर्कामा परेका छन् । अन्नबाली मात्रै नोक्सान भएको छैन कतिपय त विस्थापित नै भएका छन् ।

उता धनकुटामा हावाहुरीले ५ घरधुरीमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र चुलिवनमा ५ घरमा क्षति पुगेको छ । हावाहुरीबाट ५ घर पूर्णरुपमा क्षति भएका छन् ।

धनकुटामा क्षतिको विवरण आइसकेकोले राहत र पूर्नस्थापनाका काममा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलेले जानकारी दिए । धनकुटामा हावाहुरीका कारण मानवीय क्षति भने भएको छैन ।

हावा हुरीका कारण १० लाख बराबरको क्षति भएको विवरण आएको धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिए ।