१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’
अ अ+ अ-

महेन्द्रनगर । बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सर्नुभएका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो । जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढी विकट बस्तीमा रहेका बासिन्दाको मुख्य आय आर्जनको स्रोत पनि बाख्रापालन नै रहेको छ ।

कञ्चनपुरसित सिमाना जोडिएको चुरेका क्षेत्रको पीपलकोटका प्रायः हरेक स्थानीयवासीका घरमा बाख्रापालन गरिन्छ । आठ दशकभन्दा पुरानो बस्ती सडक सञ्जालसित नजोडिदा मलास क्षेत्रको विकास हुन नसकेको कृषक धाँमीको गुनासो थियो । “पञ्चानन्बे प्रतिशतले बाख्रापालन र केहीले अन्नबालीका साथै तरकारी, अदुवाखेती गर्छन्”, उहाँले भन्नुभयो, “बाख्रा खरिदका लागि व्यापारी गाउँमै पुग्न थालेपछि बाख्रापालनप्रतिको आर्कषण अझ बढेको छ ।”अहिले करिव ४० वटा बाख्रा पाल्नु भएका धामीले प्राप्त आम्दानीबाट महेन्द्रनगरबाट चामललगायत खाद्यान्न खरिद गरी परिवारको छाक टार्दै आएको बताउनुभयो ।

मलासको पीपलकोट, बड्डीमलास क्षेत्रबाट सदरमुकाम डडेल्धुरामा पुग्न आठ÷नौ घण्टा लाग्ने स्थानीयवासीले बताए । “डडेल्धुरा सदरमुकाम जान महेन्द्रनगर झरेर अत्तरिया हुँदै डडेल्धुरा पुग्नुपर्छ ।” स्थानीय ६३ वर्षीय जोगी धामीले भन्नुभयो, “यहाँबाट हिडेर जोगबुढा पुग्नै तीन घण्टा लाग्छ ।” विसं २०४६ मा बझाङको बुङ्गलबाट बसाइँ सरेर यहाँ बस्दै आउनुभएका धामीले १०० वटा बाख्रा आफूसित रहेको बताउनुभयो । उहाँले बाख्रपालन दशकौँदेखि गरिरहेको भए पनि सम्बन्धित निकायबाट अनुदानलगायत कुनैपनि सहयोग नपाएको गुनासो गर्नुभयोे ।

“यो वर्ष पहिलो पटक ५० परिवारलाई खोर बनाउन कृषि ज्ञान केन्द्रले अनुदान दिएको छ”, उहाँले भन्नुभयो, “यहाँ बाख्रापालन नगरेको घर भेटाउनुहुन्न ।” पर्शुराम नगरपालिका–७ को अधिकांश क्षेत्रमा बाख्रापालन भइरहेकाले उक्त क्षेत्रमा थप प्रोत्साहनका लागि सरकारले अनुदान दिनुपर्ने स्थानीयवासीको माग थियो ।“बाख्रादेखि तरकारीसम्म बिक्रीका लागि महेन्द्रनगर मण्डपमा जानुपर्छ”, उहाँले भन्नुभयो, “भौगोलिक हिसाबले विकट भए पनि दुरीका हिसाबले महेन्द्रनगर नै नजिक पर्छ ।” मलास क्षेत्रको पीपलकोट, बड्डी मलास, नाउला, कसान, बतासेलगायत स्थानका बासिन्दाले लामो समयदेखि कृषिसँगै बाख्रापालन गरिरहेका छन् ।

“गहुँ÷धान उत्पादन भए पनि वर्षमा तीन÷चार महिना मात्रै खान पुग्छ ।” अर्का स्थानीयवासी विनोद बोहराले भन्नुभयो, “बाँकी गुजारा भनेको बाख्रपालनबाट नै गरिने हो ।” उहाँले बाख्रा बिक्रीका लागि कुनै समस्या नभएको बताउनुभयो ।“गाउँमै खसीबोका किनबेच हुन थालेपछि रोजगारीका लागि भारत जाने स्थानीयवासी पनि गाउँमै बाख्रापालन गर्न थालेका छन्”, कृषक बोहोराले भन्नुभयो, “स्थानीय सरकार आएपछि पनि किसानमुखी एउटा योजनासमेत गाउँमा आएन् ।”

ट्र्याक खुल्दा पलाएको आशा

केही महिनाअघि मात्रै भीमदत्त नगरपालिकाको तिलकपुरदेखि मलासको पीपलकोटसम्म चुरे क्षेत्रमा सडक बनाउन ट्र्याक खुलेपछि पहिलो पटक आफूहरु सडक सञ्जालसित जोडिएको स्थानीयवासीले बताए । “अहिले त महेन्द्रनगर एक घण्टामै पुग्न सकिन्छ”, कृषक बोहराले भन्नुभयो, “हिउँदयता जीप चल्न थालेपछि धेरै सहज भएको छ । तिलकपुर क्षेत्रको विष्णुमन्दिरदेखि डडेल्धुराको सीमाक्षेत्र हुँदै पीपलकोटसम्मको सडक ट्र्याक भीमदत्त नगरपालिकाको पहलको खुलेको हो । ”

“सडक खुलेपछि यताउता जाँन पैदलै हिँड्नुपर्ने बाध्यता टरेको छ”, उहाँले भन्नुभयो, “ उहिले झरो बालेर उज्यालो ग¥र्यौं, अहिले गाउँमा सोलार बत्तीसम्म राखिएका छन् ।” मध्यकालीन सभ्यताको उद्गम बिन्दु मलास क्षेत्रमा पौराणिक एवं धार्मिक महत्वका धेरै स्थान भए पनि सडकलगायत पूर्वाधारको विकास नहुँदा ओझेलमा परेको छ ।“गत वर्षसम्म खाद्यान्न बोकेर महेन्द्रनगरबाट यहाँ ल्याउथ्यौँ”, अर्का स्थानीयवासी जयप्रकाश बोहराले भन्नुभयो, “भीमदत्तले सडक खुलाएपछि त्यो अवस्था पनि टरेको छ ।” महेन्द्रनगरबाट १६ किलोमिटरको दुरीमा रहेको मलास क्षेत्रमा सडकका साथै खानेपानी, स्वास्थ्य र शिक्षाका क्षेत्रमा विकास हुन सकेको छैन । “हाम्रो त सारा कारोबार नै महेन्द्रनगर बजारसित हुन्छ”, उहाँले भन्नुभयो, “त्यो बेला औलोको डरले तराई झरेनौँ, यहाँको विकास होला र सुविधा पाउला भन्ने आशा त मनमा मात्रै रह्यो ।” (रासस, शेरबहादुर सिंह)