१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आईपीएलः मुम्बईको लगातार चौंथो हार, बैंगलोरको तेस्रो जित

आईपीएलः मुम्बईको लगातार चौंथो हार, बैंगलोरको तेस्रो जित
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं सिजन अन्तर्गत १८ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सात विकेटले जित हात पारेको छ । बैंगलोरले मुम्बई इन्डियन्सलाई हराउँदै सिजनको लगातार तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १५२ रनको लक्ष्य बेङ्लोरले ९ बल बाँकी रहँदै पछ्यायो । आरसीबीका लागि अनुज रावतले सर्वाधिक ६६ रन बनाए भने विराट कोहलीले ४८ रन बनाए । फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबी तेस्रो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

मुम्बईले दिएको १५२ रनको लक्ष्य पछ्याएको बैंग्लोरले राम्रो सुरुवात गरेको थियो । कप्तान फाफ डु प्लेसिस र अनुज रावतले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरे । तर, डु प्लेसिसलाई जयदेव उनाडकटले २४ बलमा १६ रन बनाएर आउट गरे । उनी आउट भएपछि अनुज रावत र विराट कोहलीले मिलेर इनिङ्सलाई अगाडि बढाए । दोस्रो विकेटका लागि यो जोडीले ८० रनको साझेदारी गरे । यस क्रममा अनुज रावतले आईपीएल करियरको पहिलो अर्धशतक बनाए । उनी ४७ बलमा ६६ रनमा रनआउट भए । उनले दुई चौका र ६ छक्का प्रहार गरे ।

अनुजको आउट भएपछि विराट कोहली पनि धेरै समय टिक्न सकेनन् । उनी ४८ रनको स्कोरमा डिवाल्ड ब्रेभिसको बलमा एलबीडब्ल्यू आउट भए । सिजनको पहिलो खेल खेलेका ग्लेन म्याक्सवेलले लगातार दुई बलमा दुई चौका प्रहार गर्दै आरसीबीलाई जित दिलाए ।

यसअघि मुम्बई इन्डियन्सले सूर्यकुमार यादवबाट ३७ बलमा अविजित ६८ रन बनाएर १५१ रन बनाएको थियो । सातौं विकेटका लागि सूर्यकुमार र जयदेव उनाडकटले ४० बलमा ७२ रनको साझेदारी गरे । पुणेमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । तर, त्यसपछि उसले २९ रन बनाएर ६ विकेट गुमायो ।

मुम्बईको टोलीको ७९ रनमा ६ विकेट खसेको थियो ।.सूर्यकुमारले ३२ बलमा आफ्नो अर्धशतक पूरा गरे । बैंगलोरका लागि हर्षल पटेल र भानिन्दु हसरंगा सर्वाधिक सफल बलर बने । दुवैले समान २–२ विकेट लिए ।

आजको खेलः कोलकाता नाइट राइडर्स भर्सेस दिल्ली क्यापिटल – ३ः४५ बजे
राजस्थान रोयल्स भर्सेस लखनउ सुपर जाइन्ट्स – ७ः४५ बजे