२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण



अ+ अ-

काठमाडौँ । स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त शिविर सञ्चालन गरेको हो । वरिष्ठ चिकित्सकको सहयोगमा शिविरमा स्थानीयवासी तथा पानीवहाल आसपास क्षेत्रका बिरामी तथा सर्वसाधारणको सामान्य परीक्षण, ज्येष्ठ नागरिकका लागि विशेष परीक्षण, प्रसूतिका साथै पेटसम्बन्धी रोगको जाँच गरिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नयाँ अवधारणाबाट सञ्चालित शिवरबाट आफ्नो नगरवासी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्का चिकित्सक डा शैल रुपाखेतीले मानिसले आफ्नो स्वास्थ्यजीवन कायम राख्न आहारविहारमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वास्थ्य र सङ्गीतका बीचमा सुमधुर सम्बन्ध रहेको बताउँदै ऐतिहासिक सम्पादास्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने नारा उपयोगी रहेको विचार व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले थला नपरिकन अस्पताल जाने प्रचलन नरहेको अवस्थामा केही स्थान तथा क्षेत्र लक्षित गरी घरदैलोमा शिविर सञ्चालन गरेको बताउँदै ती बिरामीको थप परीक्षण तथा उपचारमा अस्पतालले २० प्रतिशतसम्म छुटका व्यवस्था गरेको जानकारी दिनुभयो ।

शिविरमा आउने बिरामी तथा सर्वसाधारणका लागि कुटुम्ब ब्याण्डले साङ्गीतिक कार्यक्रमसमेत सञ्चालन गरेको छ । चिकित्सकको सिफारिसमा बिरामीलाई औषधिसमेत निःशुल्क वितरण गरिएको छ । स्थानीय तीनबहालमा प्राचीन सम्पदाका रूपमा रहेको पोखरी छ ।