२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगः बार्सिलोना र फ्रांकफर्ट तथा वेस्टहाम र लियोनले बराबरी खेले



अ+ अ-

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो चरणमा स्पेनिस फुटबल क्लब बार्सिलोनाले बराबरी खेलेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब फ्रांकफर्टसँग १-१ गोलको बराबरी खेलेको हो । फ्रांकफर्टले आफ्नो घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा अन्सगर नाउफको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

तर, खेलको ६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । अब यी दुई टिमले सेमिफाइनल प्रवेशका लागि अर्को हप्ता(अप्रिल १५)मा दोस्रो चरण खेल्नेछन् ।

यस्तै, हिजो राति नै भएको अर्को पहिलो चरणमा इंग्लिस क्लब वेस्टहाम युनाइटेड र फ्रेन्च फुटबल लियोनले बराबरी खेलेका छन् ।

वेस्टहामको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै पहिलो चरण सकाएका हुन् । खेलको ५२ औं मिनेटमा जारोर्ड बोएनले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ६६ औं मिनेटमा टांगी एन्डोम्बेलेले गोल गर्दै लियोनलाई हारबाट जोगाए ।

अब यी दुई टिमबीच दोस्रो चरणको खेल अर्को हप्ता बिहीबार मध्यरातमा लियोनको मैदानमा हुनेछ ।