५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनजङ्घा हिमाल आरोहणका लागि प्रस्थान गरिन् पूर्णिमा श्रेष्ठ



अ+ अ-

काठमाडौँ। गत असोज १५ गते धवलागिरिको सफल आरोहण गरेकी पूर्णिका श्रेष्ठले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालको आरोहण गर्न त्यसतर्फ प्रस्थान गरेकी छन् ।

फोटो पत्रकारसमेत रहेकी उनले यही वसन्त ऋतुमा कञ्चनजङ्घा हिमाल आरोहण गर्ने बताएकी थिइन्। उनले पैदलमार्ग भएर कञ्चनजङ्घा आरोहण गर्ने जानकारी दिएकी थिइन् ।

विश्वको सातौँ अग्लो हिमाल धवलागिरिको सफल आरोहण गर्ने उनी तेस्रो नेपाली महिला हुन् । आठ हजार १६७ मिटर अग्लो धवलागिरि यसअघि पासाङ ल्हामु शेर्पाले आरोहण गरेकी थिइन् भने अकिताले पूर्णिमासँगै आरोहण गरेकी थिइन् ।

उनले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्ने आफ्नो सपना पूरा गर्न लागेको बताइन् । यसअघि उनले सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल, २०२१ मा धवलागिरि र अन्नपूर्णसमेत आरोहण गरेकी थिइन् ।