२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको आधिकारिक जानकारी पाएको छैनः प्रवक्ता खड्का



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताउनु भएको छ ।

मंगलबार (हिजो) अपरान्ह मन्त्री गुरुङले उहाँकै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उहाँले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताउनु भएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनु भएका प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव रविलाल पन्थसँग बुझ्दा सो जानकारी आएको र मुख्यमन्त्रीले मन्त्री गुरुङ र कर्मचारीसँग छलफल गरी आवश्यक निर्णय लिने भन्नु भएको बताउनु भयो । सो जानकारी आउनेवित्तिकै आफूले मिडियामार्फत् नै त्यसलाई सार्वजनिक गर्ने प्रतिवद्धता प्रवक्ता खड्काको थियो ।

उहाँले भन्नु भयो, ‘मैले चाँही मिडियामार्फत नै यो जानकारी पाएको हुँ । आधिकारि जानकारी म कहाँ आईपुगेको छैन । मिडियाकै जानकारीलाई आधार मानेर मैले प्रमुख सचिवज्यूसँग यो बारेमा जानकारी छ कि ? भनेर सोधेको थिए । उहाँले यो बारेमा जानकारी मुख्यमन्त्री कार्यालयको आएको र मुख्यमन्त्रीज्यू बाग्लुङ हुनु भएकाले फर्केर आएपछि माननीय खेलकुदमन्त्री र कर्मचारीसँग सोधेर यो बारेमा एउटा निर्णय लिनुहुन्छ भनेको कुरा जानकारुी भएको हुनाले उहाँले जे निर्णय लिनुहुन्छ । म सरकारको प्रवक्ता भएको नाताले मिडियामार्फत् नै जानकारी गराउने प्रतिवद्धता व्यक्त गर्दछ ।’

प्रवक्ता खड्काले मुख्यमन्त्री कार्यालयको आधिकारिक निर्णय आउनेवित्तिकै तत्काल सो बारे मिडियामार्फत् नै जानकारी गराउने पनि बताउनु भयो ।