२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवद्र्धनका लागि ‘फारवेष्ट ट्राभल मार्ट’को आयोजना



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् ९नाटा० सुदूरपश्चिम प्रदेशको आयोजनामा फारवेष्ट टाभल मार्ट हुने कार्यक्रमका संयोजक मायाप्रकाश भट्टले आज यहाँ आयोजित पत्रकारका सम्मेलनमार्फत जानकारी दिनुभयो ।

मार्टको पहिलो दिन उद्घाटनको औपचारिक कार्यक्रमबाट सुरु भई प्रदेशको पर्यटकीय उपजको व्यावसायिकीकरण गरी आयआर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत हुने र त्यसपछि आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफलको कार्यक्रम हुने संयोजक भट्टले बताउनुभयो ।

दोस्रो दिन अतिथिलाई धनगढीका धार्मिक तथा पर्यटकीयस्थल शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबाधामको दर्शन तथा अवलोकन गराई कञ्चनपुरको बेतकोट, लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गेपुललगायत स्थलहरुको भ्रमण गराइने छ ।

तेस्रो दिन कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क र कर्णालीपुल लगायतको भ्रमण तथा अवलोकन र कर्णाली नदीमा ¥याफ्टिङ गराई धनगढीमा कार्यक्रमको समापन गरिने बताइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित पर्यटन व्यवसायमा आबद्ध व्यवसायी, टुर तथा ट्रेकिङ गाइडहरु, टुर अपरेटर, छापा एवम् डिजिटल सञ्चारमाध्यमसहित पर्यटन व्यवसायमा आबद्ध करिब तीन सय अतिथि आमन्त्रण गरी व्यावसायिक अन्तरक्रियामार्फत पर्यटन बजारमा प्रदेशका पर्यटकीय उपजहरुलाई प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

मार्टका लागि सातै प्रदेशका एक-एकवटा, सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाका लागि एक-एक गरी १६ कक्ष निःशुल्क रहने र बाँकी १४ कक्ष आफ्नो व्यवसाय प्रवद्र्धन गर्न चाहने स्वदेशी तथा विदेशी व्यवसायीलाई बुकिङका लागि खुला गरिएको छ । कार्यक्रमको आयोजनाका लागि करिब रु ५५ लाख जति अनुमानित खर्च हुने जनाइएको छ ।