१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकले हटायो आशुतोष राणाको ‘शिव ताण्डव’



अ+ अ-

एजेन्सी । आशुतोष राणा बलिउडका चर्चित अभिनेता हुन् । उनी आफ्नो स्वर, भाषा र कविताबाट चर्चितछन् । 

आशुतोष सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । उनको भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइँदै आएको छ ।

महाशिवरात्रिको अवसरमा आशुतोष राणाले आफ्नो स्वरमा शिव ताण्डव स्तोत्रको हिन्दी अनुवाद विमोचन गरेका थिए । महाशिवरात्रिको पूर्वसन्ध्यामा रिलिज भएको यो भिडियो केही घण्टामै लाखौंले हेरे । 

प्रसिद्ध कवि तथा गीतकार आलोक श्रीवास्तवले यसको हिन्दी अनुवाद लेखेका छन् । आशुतोष राणाले यो भिडियो आफ्नो फेसबुक अकाउन्टमा सेयर गरे । तर फेसबुकले उक्त भिडियो हटायो । 

जसमा प्रश्न उठाउदै उनले फेसबुकलाई यस सम्बन्धमा संवेदना लिन आग्रह गरेका छन् ।

आशुतोषले ट्वीट गर्दै फेसबुक टिममाथि गम्भीर आरोप लगाएका छन् । उनले लेखेका छन्– छक्क परें । फेसबुक मेटा टोलीले मेरो शिव ताण्डव भिडियोलाई मेरो टाइमलाइनबाट स्वचालित रूपमा हटाएको छ। यो किन भयो मैले बुझिन। उनले थप लेखेका छन्– ‘मैले न त डिलिट गरेको छु न त त्यो भिडियोले कसैको भावनामा चोट पुर्‍याएको छ‘ न त यो फेसबुकको नियमविपरीत हो । फेसबुकले यस सम्बन्धमा ध्यान दिनुपर्छ।