२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी, एक जना नियन्त्रणमा



अ+ अ-

पोखरा । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा शिव गौतम रहेका छन् । उनलाई काठमाडौंको मित्रनगरबाट  पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार रहेको खुल्नमा आएको छ ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । 

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको प्रहरीले जनाएको छ ।