५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा अपाङ्मैत्री र ज्येष्ठ नागरिकमैत्री निर्वाचन स्थलको तयारी



अ+ अ-

झापा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित ढङ्गले सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षा निकायसँग समन्वय गरेर मतदान स्थलहरुको निरीक्षण र अनुगमन गर्न सुरु गर्नुभएको छ ।

जिल्लाका १५ पालिकामा रहेका २८६ निर्वाचन स्थल र ७५५ केन्द्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अनुगमन गर्न थालिएको उहाँले बताउनुभयो । उहाँले सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुसँग बैठक गरी आगामी वैशाख ८ गते स्थापना गरिने निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापन गर्न र उनीहरुलाई बसोबासको व्यवस्था मिलाउन समेत निर्देशन दिनुभएको छ ।

अनुगमनका क्रममा जिल्लाका थोरै निर्वाचन स्थल अतिसंवदेनशील र अधिकांश सामान्य रहेको पाइएको उहाँले जानकारी दिनुभयो । कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्दा अतिसंवेदनशीललाई बढी ध्यान दिने र सामान्य रहेको स्थानमा परम्परागत तरिकाले गर्न सकिने अनुगमनका क्रममा देखिएको प्रजिअ रिजालको भनाइ छ ।

“निर्वाचन केन्द्रलाई ज्येष्ठ नागरिक र अपाङ्ग मैत्री बनाउँछौँ,” उहाँले भन्नुभयो, “जिल्लाका कतिपय मतदान केन्द्र अपाङ्ग मैत्री छैनन् । धेरै ह्विल चियरमा आउनुहुन्छ उहाँहरुलाई अप्ठ्यारो नपर्ने अनुगमन गरेर आवश्यक स्थानमा व्यवस्था गर्ने तयारी गरिरहेका छौँ ।”

उहाँले झापाका राजनीतिक दलहरुबीचको समझदारी अन्य जिल्लामा भन्दा राम्रो रहेको हुँदा पनि निर्वाचन भयरहित हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले अनुगमनका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीसहित गइरहेकाले अतिसंवेदनशील स्थान र अन्य स्थानमा सुरक्षा व्यवस्था कसरी गर्न सकिन्छ भन्नेमा अन्योल नरहेको बताउनुभयो ।

निर्वाचन कार्यालय झापाले यही चैत ३० गते विराटनगरमा प्रदेशस्तरीय निर्वाचन अधिकृतहरुको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको कार्यालयका प्रमुख तुलसी नेपालले बताउनुभयो । जिल्लामा पुरुषको तुलनामा महिला मतदाता बढी रहेका उहाँले बताउनुभयो । उहाँका अनुसार छ लाख ४६ हजार २२५ मतदातामध्ये तीन लाख २१ हजार ५२० पुरुष र तीन लाख २४ हजार ७०५ महिला मतदाता छन् ।