५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्सिराङको चेपाङ बस्तीमा बिजुली बत्ति



अ+ अ-

बागमती । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलोपटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ति बालिएपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ति बालिएको सो गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा नभएकाले त्यहाँका चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए । गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेट शुभारम्भ गरिएपछि चेपाङका घरको अँध्यारो हटेर उज्यालो भएको गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताउनुभयो ।

रु २३ लाखको लागतमा सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोगका साथै स्थानीयवासीको श्रमदानमा चार किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा ल्याइएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाभरिमा २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

पेल्ट्रिक सेटका लागि उक्त सञ्जालले रु १३ लाख सहयोग गरेकामा गाउँपालिकाले रु छ लाख र बाँकी रु चार लाख बराबरकोे स्थानीयवासीले श्रमदान गरेका थिए ।

अघिल्लो वर्ष पुस महिनादेखि निर्माण सुरु गरिएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएको उक्त सञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले भन्नुभयो । गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् प्राविधिकरणमार्फत विद्युत् सेवा नपुगेकाले गाउँपालिकाले नै यस्ता केही स्थानमा पेल्ट्रिक सेट जडान गरेर बत्ति बालिएको छ ।




भर्खरै