१६ असार २०८३, मंगलवार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता लक्षण देखिएका छन् भने टुट्न सक्छ तपाईंको रिलेसन



अ+ अ-

काठमाडौं । के तपाईको पार्टनर तपाईसँग खुलेर कुरा गर्दैनन् ? के उनको नजरले अब तपाईको खोजी गर्दैन ? के तपाईलाई यस्तो लाग्छ कि अब उनी तपाईलाई नजरअन्दाज गर्दैछन् वा तपाईसँग बच्न चाहन्छन् ? हुनसक्छ कि तपाईको पार्टनर यो रिलेसनबाट अब अघाइसेका छन् र अब उनी कुनै पनि हालतमा तपाईसँग रहन चाहदैनन् ।

यदि कोही तपाईसँग अलग हुने बिचार गर्दैछ भने उसको यो निचोडको असर उसको व्यवहारमा पनि देख्न सकिन्छ । यदि तपाईको पार्टनरको व्यवहार केही बदलिएको जस्तो लाग्दै छ अथवा तपाईलाई सबै कुरा सामान्यजस्तो लाग्दैन भने सम्झनुहोस् कि सबैथोक ठीक छैन ।

 के उनको नजर तपाईमाथि पर्दैन ? : तपाईको जीवनमा पक्कै पनि त्यो समय थियो होला, जब पार्टनरको नजर निरन्तर तपाईमाथि पथ्र्यो । तर के अहिले त्यस्तो अवस्था बदलिसकिएको छ रु क्या अहिले उनी तपाईलाई प्रेमपूर्वक हेर्दैनन्/हेर्दैनिन् ? यदि अवस्था यस्तो हो भने तपाई सोच्नुहोस् कि अब तपाईको पार्टनरको मन बदलिसकिएको छ । तपाईको रिलेशन खतरामा छ ।

 कुरा गर्नबाट बच्न खोज्नु : के तपाईका पार्टनर अब तपाईसँग कुरा गर्नबाट बच्न चाहन्छन् ? यसको सीधा मतलव यो हो कि अब उनमा तपाईप्रति कुनै आकर्षण छैन ।
 
हो–हैनमा मात्र जवाफ दिनु : के तपाईले सोधेको प्रश्न तथा तपाईका जिज्ञासामा तपाईको पार्टनरले हो र हैनमा मात्रै जवाफ दिन्छन् ? यदि त्यस्तो हो भने सम्झनुहोस् उनको मनमा तपाईको विषयमा गलत बिचार विकास भइसकेको छ ।

रेस्पोन्स नगर्नु : के तपाईले फोन गर्दा पनि तपाईको पार्टनरले त्यसको रेस्पोन्स गर्दैनन् ? या उनले तपाईलाई रेस्पोन्स गर्नु जरुरी सोच्दैनन ? यदि यस्तो हो भने सजग हुनुहोस्, यो राम्रो संकेत हैन ।