२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेक लागे भेडी गोठ



अ+ अ-

मनाङ । जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् ।

गर्मी बढेपछि हिमपात नहुने भएकाले बेसीबाट लेकतर्फ चौँरी तथा भेडी गोठ सारिएको हो । गर्मी लागेपछि बेसीमा अन्न बाली लगाउने समय हुने तथा चरन क्षेत्रमा घाँस सकिँदै जाने भएकाले पनि चौँरी तथा भेडाहरु बेसीबाट लेकतिर जान खोज्ने गरेको पशुपालक व्यवसायी बताउँछन् । त्यस्तै लेकमा जाडो बढेपछि पशुहरु बेसीतर्फ झर्न चाहने गरेको उनीहरु बताउँछन् ।

उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने चौँरी तथा भेडाले धेरै चिसो पनि सहन सक्दैनन् भने बढी गर्मीमा पनि बस्न रुचाउँदैनन् । परम्परागत पशुपालन व्यवसायमा लागेका चामे गाउँपािलका–१ तिमाङका कान्छा गुरुङ चरन क्षेत्र हेरी घुम्ती गोठ बनाउँदै जेठसम्ममा करिब चार हजार मिटरको उचाइसम्म चौँरी तथा भेडी गोठ पुर्याउनुपर्ने बताउनुहुन्छ ।

चौँरी तथा भेडालाई बहुउपयोगी जनावरका रूपमा लिने गरिन्छ । चौँरीको दूधबाट चीज, मखन तथा छुर्पी बनाइन्छ भने भेडाको ऊनबाट कम्मल, राडी, स्विटर बनाउन प्रयोग गरिन्छ । भेडाको घ्यू औषधिका रूपमा पनि प्रयोग गरिन्छ । केही वर्ष अघिसम्म भेडीगोठ उल्लेख्यरूपमा रहे पनि क्रमशः चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण, जनशक्तिको अभावलगायतका कारण घट्दै गएको पाइन्छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुख्र्यौली पेसा मानिएको चौँरी तथा भेडा पालन व्यवसायलाई तीनै तहका सरकारले यथोचित सहयोग गरेमा वैदेशिक रोजगारको मोहका कारण सङ्कटमा पर्दै गएको यस पेशामा संलग्न व्यवसायीहरुको आयआर्जनमा सहयोग पुग्ने विज्ञहरु बताउँछन् । सरकारले यस पेशालाई विस्थापन हुनबाट जोगाउनुपर्ने अवस्था छ ।




भर्खरै