१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्ध



अ+ अ-

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरीमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको पाँच महिना भएको छ । मर्मतमा नेपाल टेलिकम शाखा हुम्लाले वास्ता नगर्दा सेवाग्राहीले पाँच महिनादेखि सास्ती खेप्नु परेको छ ।

गत मङ्सिरमा बिग्रिएको नमस्ते टेलिफोन टावरको अझै मर्मत हुन सकिरहेको छैन । पाँच महिना टेलिफोन सेवा अवरुद्ध हुँदा उत्तरी नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका अधिकांश गाउँका नागरिक सञ्चारमा जोडिसकेका छैनन् ।

सिमकोट–७ धारापोरीमा रहेको टावरमा खराबी आएका कारण पाँच महिनादेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय पाङ्लाथुम गाउँका बासिन्दा सरिता शाहीले गुनासो गर्नुभयो । धारापोरी टावरमा खराबी आएका कारण दुई गाउँपालिकाका सिमकोट र नाम्खाका केही वडाका सेवाग्राहीलाई समस्या भएको छ ।

धारापोरीको ठाडा ढुङ्गा लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सिमकोटका स्याडा, डाडाँफया, चौगनफाय, धारापोरी, खोल्सी र पाङ्लाथुम तथा नाम्खाका हेप्का, धिगाँ, केर्मी, खगालगाउँ, गाडापारीलगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित रहेको स्थानीयवासी सङ्गीता शाहीले बताउनुभयो ।

टावर मर्मतका लागि नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयवासीले बताएका छन् । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । सिमकोटमा रहेको नमस्ते टावरले कहिलेकाहीँ मात्रै काम गर्ने गरेको छ ।

त्यस क्षेत्रमा रहेको नेपाल टेलिकमको बिटिएसमा गत मङ्सिरमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको थियो । लामो समयदेखि आफन्तसँग फोन सम्पर्कमा जोडिन नसकेको बताइएको छ ।